एसियाली खेलकुद: विनोद र अभिनाश फर्किए

एसियाली खेलकुद: विनोद र अभिनाश फर्किए
0Shares

काठमाडौं, श्रावण १२ गते

दुई महिनापछि चीनमा आयोजना हुन लागेको १९ औं एसियाली खेलकुदका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यिय खेलाडीको अन्तिम छनोट गरेको छ।

त्यसमा विनोद भण्डारी, विवेक कुमार यादव र अभिनाश बोहोराले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।

विनोद भण्डारी विश्वकप लिग २ देखि टोलीबाट बाहिर रहंदै आएका थिए। टी २० का विशेष बलर मानिने अभिनाश पनि लामो समय पछि टिममा फर्केका हुन्। विवेकले १४ महिनापछि राष्ट्रिय टिममा प्रवेश पाएको हो।

टोलीमा ज्ञानेन्द्र मल्ल, अर्जुन साउद, भीम सार्की, देव खनाल, पवन सर्राफ, किशोर महतो, श्याम ढकाल, आरिफ शेख र सूर्य तामाङ परेनन्।

नेपाली टिम

रोहित पौडेल, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, करण केसी, अभिनास बोहोरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, आसिफ शेख, विवेक कुमार यादव, प्रतिस जिसी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी

 

प्रकाशित मिति: July 28, 2023

कमेन्ट गर्नुहोस्

advertisment