विश्वकप छनोटः नेपालले लाओस संग खेल्ने

विश्वकप छनोटः नेपालले लाओस संग खेल्ने
0Shares

काठमाडौं, श्रावण ११ गते

फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ छनोटको प्रारम्भिक चरणमा नेपालले लाओसको सामना गर्ने भएको छ ।

एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले बिहीबार निकालेको ‘ड्र’ मा नेपालले लाओसलाई प्रतिद्धन्द्धको रूपमा पाएको हो । प्रारम्भिक चरणको पहिलो लेग अक्टोबर १२ र दोस्रो लेग अक्टोबर १७ मा हुनेछ ।

अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकप र साउदी अरेबियामा हुने एसियन कपको लागि एएफसीले पहिलो चरण र दोस्रो चरणका छनोट खेल खेलाउनेछ । जसमा ४८ टोलीको सहभागीता छ। दोस्रो चरणमा स्थान बनाउनेले सिधै एएफसी कप खेल्न पाउनेछन् ।

यसपटक फिफा विश्वकपमा ४८ राष्ट्रको सहभागीता हुनेछन् । एसियातर्फ नेपालसहित २० राष्ट्रले प्लेअफ खेल्नेछन् । यसबाट १० टोली दोस्रो चरणमा पुग्नेछन् । जहाँ २६ टोलीले स्थानपक्का गरिसकेका छन् ।

दोस्रो चरणबाट १० टोलीले अन्तिम चरणमा स्थान बनाउँनेछन् । जहाँ ३६ टोलीबीच ९ समूहमा रहेर प्रतिस्पर्धा हुनेछ । चार/ चार राष्ट्रसहित बनेको समूहबाट विजेता र उपविजेताले एसियन कपमा स्थान बनाउनेछन् । यसैगरी विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश पाउनेछन् ।

प्रारम्भिक छनोटको पट १ मा नेपालसहित फिफा वरियतामा २७ देखि ३६ स्थानका तथा पट २ मा ३६ देखि ४६वरियताका राष्ट्र परेका थिए।

पट १ मा नेपालसहित हङकङ, इन्डोनेसिया, चाइनिज ताईपेइ, माल्दिभ्स, यमन, अफगानिस्तान, सिंगापुर, म्यानमार र कम्बोडिया थिए। पटक २ मा मकाउ, मंगोलिया, भुटान, लाओस, बंगलादेश, ब्रुनाई, टिमोर लिस्टे, पाकिस्तान, गुआम र श्रीलंका थिए। पट १ ले पट २ का टोलीसँग प्रतिस्पर्धा गर्न लागेका हुन्  ।

प्रारम्भिक चरणका अन्य खेलमा अफगानिस्तानले मंगोलिया,माल्दिभ्सले बंगलादेश, सिंगापुरले गुआम, यमनले श्रीलंका, म्यानमारले मकाउ, कम्बोडियाले पाकिस्तान, चाइनिज ताइपेइले टिमोर लिस्टे, इन्डोनेसियाले ब्रुनाइ र हङकङले भुटानको समान गर्नेछन् ।

 

 

प्रकाशित मिति: July 27, 2023

कमेन्ट गर्नुहोस्

advertisment