महिला भलिवल: नेपालसंग दक्षिण कोरिया र भियतनाम

महिला भलिवल: नेपालसंग दक्षिण कोरिया र भियतनाम
0Shares

काठमाडौं, श्रावण ११ गते

अगामी असोज ६ देखि २१ सम्म चीनको हाङ्झाउमा हुने १९औँ एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल कठिन समूहमा परेको छ ।

बिहीबार सार्वजनिक भएको ‘ड्र’ अनुसार नेपालसँगै समूह ‘सी’ मा दक्षिण कोरिया र भियतनाम छन् । विश्व वरीयतामा कोरिया ३५औं र भियतनाम ४७औं स्थानमा छन्।

यसैगरी समूह ‘ए’ मा आयोजक चीन, भारत र उत्तर कोरिया, समूह ‘बी’ मा थाइल्यान्ड, चाइनिज ताइपेइ र मंगोलिया तथा समूह ‘डी’ मा जापान, काजकिस्ता, अफगानिस्ता र हङकङ छन् ।

नेपाली महिला भलिबल टोलीले पहिलो पटक एसियाली खेलकुदमा सहभागिता जनाउँदैछ ।

 

प्रकाशित मिति: July 27, 2023

कमेन्ट गर्नुहोस्

advertisment