टी २० विश्वकप: एसिया छनोट कात्तिकमा नेपालमा हुने

टी २० विश्वकप: एसिया छनोट कात्तिकमा नेपालमा हुने
0Shares

काठमाडौं, श्रावण ११ गते

नेपालमा आयोजना हुने टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगिता आगामी कार्तिकमा आयोजना हुने भएको छ ।

अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने टी-ट्वान्टी विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिताको आयोजना अधिकार नेपाललाई दिएको थियो ।

आइसीसीले आफ्नो वेवसाईट मार्फत प्रतियोगिता आगामी कार्तिक १३ बाट  कार्तिक २३ गतेसम्म चल्नेछ ।

एसियाको छनोटमा नेपालसहित ८ राष्ट्रको सहभागीता रहनेछ । प्रतियोगितामा नेपाल सहित युएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्दै छन् । बाँकी दुई राष्ट्र छनोट चरण पार गरेर आउनेछन् ।

सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएनेछ । हरेक समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ । फाइनल पुग्ने टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।

नेपाल क्रिकेट संघ(क्यान)का अनुसार प्रतियोगिताका खेलहरू टियु क्रिकेट मैदानमा र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

 

प्रकाशित मिति: July 27, 2023

कमेन्ट गर्नुहोस्

advertisment