साफ यू-१९ च्याम्पियनसिप : उद्घाटन खेल नेपाल र पाकिस्तान बिच हुने

साफ यू-१९ च्याम्पियनसिप : उद्घाटन खेल नेपाल र पाकिस्तान बिच हुने
0Shares

काठमाडौ, श्रावण ११ गते

काठमाडौंमा आगामी सेप्टेम्बर २१ देखि ३० सम्म आयोजना हुने साफ यू-१९ च्याम्पियनसिपको उद्घाटन खेल नेपाल र पाकिस्तान विच दशरथ रंगशालामा हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाए अनुसार नेपालले पहिलो खेल सेप्टेम्बर २१ मा पाकिस्तानसँग खेल्नेछ ।

समूह ए मा नेपाल र पाकिस्तानसँगै माल्दिभ्स छ। नेपाल र माल्दिभ्स विचको खेल सेप्टेम्बर २५ मा हुनेछ। यस्तै भारत, बंगलादेश र भुटान समूह बी मा छन् ।

दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल सेप्टेम्बर २७ र र फाइनल खेल सेप्टेम्बर ३० मा हुनेछ । सबै खेल दशरथ रंगशालामै हुनेछ ।

साफ यू-१९ च्याम्पियनसिपको यो पाँचौ संस्करण हो । यसअघि नेपालले सुरुवाती दुई संस्करणको उपाधि जितेको थियो ।

यसअघि सन् २०१५ मा यू-१९ फर्म्याटमै भएको पहिलो संस्करण र २०१७ मा भुटानमा भएको यू-१८ फर्म्याटमा नेपाल च्याम्पियन बनेको थियो ।

नेपालमा तेस्रो पटक प्रतियोगिता आयोजना हुन लागेको हो । सन् २०१५ को पहिलो संस्करण र २०१९ मा यू-१८ फर्म्याटको तेस्रो संस्करण नेपालमा भएको थियो ।

गत वर्ष भने साफ यू-२० फर्म्याटमा भारतमा आयोजना भएको थियो । जहाँ आयुष घलानको कप्तानीमा खेलेको नेपाली टिम भारत र बंगलादेश भन्दा पछि रहँदै तेस्रो भएको थियो ।

गत वर्ष जस्तै यस पटक पनि यू-१९ राष्ट्रिय फुटबल टिम निर्माणका लागि एन्फाले खेलाडी छनोट कार्यक्रम गर्दैछ ।

तीन चरणमा हुने खेलाडी छनोट कार्यक्रम अन्तर्गत जिल्ला छनोट साउन १० देखि १६ गतेसम्म र प्रदेश छनोट साउन १९ देखि २३ गतेसम्म र अन्तिम चरणको छनोट कार्यक्रम साउन २६ देखि ३० गतेसम्म गरी प्रशिक्षण सञ्चालन गर्ने एन्फाले जनाएको छ ।

 

प्रकाशित मिति: July 27, 2023

कमेन्ट गर्नुहोस्

advertisment