डुरान्ड कप खेल्न त्रिभुवन आर्मी क्लब भारततर्फ

डुरान्ड कप खेल्न त्रिभुवन आर्मी क्लब भारततर्फ
0Shares

काठमाडौं । श्रावण ११ गते

भारतको सबैभन्दा पुरानो फुटबल प्रतियोगितामध्ये एक डुरान्ड कपमा भाग लिन नेपालको त्रिभुवन आर्मी फुटबल क्लबको ३० सदस्यिय टोली आज बिहीबार जाँदैछ।

टोलीमा अनुभवी कप्तान भरत खवास र सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका जिलेस्पीजंग कार्की समावेश छैनन् । नेपाली सेनाले अफिसरहरुलाई टोली स्थान नदिएकोले उनीहरु टोलीमा नपरेका हुन्।

आर्मीले पहिलो खेल साउन २४ मा आई लिग क्लब दिल्ली एफसीसँग खेल्नेछ । खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे कोक्राझारको साई सेन्टर रंगशालामा  हुनेछ।

नविन न्यौपानेले छोडेपछि सेनाको टोलीलाई मेघराज केसील सम्हालेका छन्।

डुरान्ड कपको १ सय ३२औं संस्करणमा आर्मी सहित २४ टोलीको सहभागि छन् । नेपाली टोलीले पहिलो पटक अवसर पाएको हो ।

भारतको कोलकाता, गुवाहाटी र कोक्राझारमा अगस्ट ३ देखि सेप्टेम्बर ३ सम्म हुने प्रतियोगितामा विदेश टोलीका रुपमा त्रिभुवन आर्मीसँगै बंगलादेश आर्मीले सहभागिता जनाउँदै छ । प्रतियोगितामा २७ वर्षपछि विदेशी टोलीले सहभागिता जनाउने लागेका हुन् ।

प्रतियोगितामा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । जसबाट प्रत्येक समूहका विजेता र दुई उत्कृष्ट उपविजेताले क्वार्टरफाइनलमा स्थान बनाउनेछन् ।

समूह ‘ए’, ‘बी’ र ‘सी’ का खेलहरु कोलकातामा हुनेछन् । प्रतियोगिताको फाइनल पनि कोलकाताकै पवित्र विवेकानन्द युवा भारती क्रिरांगन रंगशालामा हुनेछ ।

समूह ‘डी’ र समूह ‘इ’ का २ बाहेक अन्य खेल गुवाहाटीको इन्दिरा गान्धी रंगशालामा खेलाइने छ । कोक्राझारको साई सेन्टर रंगशालामा समूह ‘इ’ का २, समूह ‘एफ’ का  खेल र १ क्वार्टरफाइनल गरी ९ खेल हुनेछन् ।

प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले ३० लाख भारतीय रुपिँया (भारु) प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगितामा गेल्डेन बल, बुट र ग्लोभ जित्नेलाई जनही ३ लाख भारु प्रदान गरिने छ ।

यस्तो छ डुरान्ड कपको समूह विभाजन

समूह ‘ए’: मोहन बागान सुपर जायन्ट, ईस्ट बंगाल एफसी, राउन्डग्लास पञ्जाब, बंगलादेश आर्मी

समूह ‘बी’:  मोहमेडन स्पोर्टिङ क्लब, मुम्बई सिटी एफसी, जमशेदपुर एफसी, भारतीय नौसेना

समूह ‘सी’: बेङ्गलुरु एफसी, केरला ब्लास्टर्स, गोकुलम केरला, भारतीय वायुसेना

समूह ‘डी’: नर्थइस्ट युनाइटेड एफसी, एफसी गोवा, शिलङ लाजोङ एफसी, टिबीए गुवाहाटी

समूह ‘इ’ : दिल्ली एफसी, हैदरावाद एफसी, चेन्नई एफसी, त्रिभुवन आर्मी एफसी

समूह ‘एफ’: बोडोल्याण्ड टीम, ओडिशा एफसी, राजस्थान युनाइटेड, भारतीय सेना

 

 

प्रकाशित मिति: July 27, 2023

कमेन्ट गर्नुहोस्

advertisment