एसियाली खेलकुदको र्यालीमा एसियाड पदकधारी दीपकले नेपालको झण्डा बोक्ने

एसियाली खेलकुदको र्यालीमा एसियाड पदकधारी दीपकले नेपालको झण्डा बोक्ने
0Shares

काठमाडौं। चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुद शुरु हुनु अगाडि नेपालको झण्डा बक्सिङका प्रशिक्षक दीपक महर्जनले बोक्ने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले बुधबार भारतमा प्रशिक्षणका लागि जान लागेका बक्सिङ टोलीलाई बिदाई गर्ने क्रममा नेपालको झण्डा महर्जनले बोक्ने जानकारी गराएका हुन् ।

उद्घघाटनको दुई दिन अगाडि हुने र्यालीमा १९ देशका खेलाडीहरुले सहभागिता जनाउदैछ। जसमा नेपालबाट सन् २०१० को ग्याङझाउ एसियाडमा नेपालबाट एकमात्र पदक जितेका महर्जनलाई छानेको हो।

सो बेला सदस्य सचिव घिसिङले भने- ” यसअघि चीनमा भएको एसियाडमा बक्सिङले पदक ल्याएर देशको शान राखेका थिए। अहिले उनै महर्जनलाई पठाउँदा आगामी संस्करणका लागि खेलाडीहरुलाई खेलाडीहरुलाई हौसला जागोस् भन्नका लागि हो। ”

नेपाली बक्सिङ टोली टोली एसियाली खेलकुदको तयारी स्वरुप विशेष प्रशिक्षण गर्न भारत जाँदैछ। जुलाई २७ देखि अगस्ट २७ सम्म भारतको पन्जावमा विशेष प्रशिक्षण गर्ने भएका हुन् ।

महर्जनले सन् २०१० मा चीनमै भएको एसियाली खेलकुदमा कास्य पदक जितेका थिए ।

बक्सिङबाट सात पुरुष र ६ महिला गरी १३ खेलाडीले एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

छनोट प्रतियोगिताबाट महिलातर्फ सुस्मा तामाङ, मिनु गुरुङ चन्द्रकला थापा, संगिता सुनार, विनिता थापा मगर र सरस्वती राना मगर तथा पुरुषतर्फ रविन थापा, बुद्ध ग्याम्जो लामा, भुपेन्द्र थापा मगर, दिपेश लामा, दीपक श्रेष्ठ, दीपक सुनवार र आशिष दवाडीले एसियाली खेलकुदमा स्थान बनाएका थिए ।

भारतीय बक्सिङ टोलीका मुख्य प्रशिक्षक फर्नान्डेज लगायतले नेपाली खेलाडीलाई प्रशिक्षण दिने छन् ।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा शिव सिंह, आइवा थ्री स्टार प्रशिक्षकमा दीपक महर्जन,वरिष्ठ प्रशिक्षकमा प्रविन तुलाधार, राष्ट्रिय प्रशिक्षकमा राज श्रेष्ठ तथा ब्यवस्थापकमा श्यामकाजी अवाले छन् ।

प्रकाशित मिति: July 26, 2023

कमेन्ट गर्नुहोस्

advertisment