नासिरको जापानमा नयाँ कीर्तिमान

नासिरको जापानमा नयाँ कीर्तिमान
0Shares

नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भएको वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा आफ्नो नाममा नयाँ राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएका छन्।

फुकुओकाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए अनुसार नासिरले ४ सय मिटिर फ्रिस्टायलमा ४ मिनट ८.२३ सेकेन्ड समयका साथ नयाँ किर्तिमान कायम गरेका हुन् ।

यस अघि नासिलको नाममा ४ मिनट १२.१७ सेकेन्ड समयमो किर्तिमान कायम थियो । नासिरले उक्त कीर्तिमान असारमा आयोजना भएको ११ औं एनएसए कप पौडी प्रतियोगितामा राखेका हुन् ।
अव  सोमवार नासिरले पुरुष २०० मिटर फ्रिस्टायल र गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति: July 23, 2023

कमेन्ट गर्नुहोस्

advertisment