अन्तिम मिनेटको गोलमा स्वीडेनलाई तीन अंक

अन्तिम मिनेटको गोलमा स्वीडेनलाई तीन अंक
0Shares

अमान्डा इलेस्टेडले अन्तिम मिनेटमा गरेको गोलको मदतले स्वीडेनले फिफा महिला विश्वकपमा स्वीडेनले दक्षिण अफ्रिकालाई पराजित गरेको छ।

२०२२ अफ्रिका कप अफ नेसन्स च्याम्पियन दक्षिण अफ्रिका कम्तिमा १ अंक बाँड्न लागेको बेला स्वीडेनले अन्तिम समयमा गोल गर्दै टोलीलाई निराश पारिदिएको थियो।

सन् २०१९ को संस्करणमा पनि दक्षिण अफ्रिकाले लिग चरणको सबै तीन खेलहरू हारेर घर फर्केको थियो।

वेलिङटनमा जारी प्रतियोगिता अन्तर्गत दक्षिण अफ्रिकाले ४८औं मिनेटमा हिल्डा मागियाको गोलबाट अग्रता लिएको थियो। तर फ्रिडा रोल्फोले ६४ औं मिनेटमा तथा इलेस्टेडको निर्णायक हेडरमा दुई गोल गर्दै खेलको परिणाम उल्ट्याइदिएका थिए।

समूह जी को शीर्ष स्थानमा रहेको स्वीडेनले अब अर्जेन्टिना र इटालीसँग भिड्दैछ ।

कप्तान रेफिलो जेनले स्वीडेनको गोलकिपर जेसिरा मुसोभिकलाई आफ्नो लाइनबाट बाहिर देखेपछि ४० यार्ड बाहिरबाट साहसी स्ट्राइकमा गोल गर्दै दक्षिण अफ्रिकालाई अग्रता दिलाएकी थिइन्।

विश्व वरीयताको तेस्रो स्थानमा रहेको स्वीडेनले स्पष्ट मौकाहरु श्रृजना गरिरहेको थियो। र ६४ औं मिनेटमा त्यो अवसर प्राप्त भयो।

जोहान्ना क्यानेरिडको क्रसमा रोल्फोको टच गोलमा परिणत भयो।

पिटर गेर्हार्डसनको टोलीले आक्रमण जारी राख्यो र खेल सकिएको घोषणा हुनै लाग्दा इलेस्टेडले प्राप्त अवसरमा इलेस्टेडले निर्णायक गोल ठोकिन्।

 

प्रकाशित मिति: July 23, 2023

कमेन्ट गर्नुहोस्

advertisment