६ बलमा ६ छक्का, ऐरीको नयाँ कीर्तिमान

६ बलमा ६ छक्का, ऐरीको नयाँ कीर्तिमान
0Shares

काठमाडौं, बैशाख १ गते

दीपेन्द्र सिंह ऐरीले फेरी अर्को नयाँ कीर्तिमान रचेका छन्।

कुनै पनि ब्याटरले एक ओभरमा लगातार ६ छक्का प्रहार गर्न सक्नुलाई दूर्लभ मानिन्छ। एसीसी प्रिमियर कप अन्तर्गत कतार विरुद्धको खेलमा दीपेन्द्र सिंह ऐरीले त्यस्तै दूर्लभ कारनामा गरे।

र उनी ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाए।

यो संगै दीपेन्द्र टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन्।

यसअघि भारतका युवराज सिंहले २००७ को टी–२० विश्वकपमा इंग्ल्यान्ड विरुद्ध एकै ओभर ६ बलमा छक्का ठोकेका थिए भने वेस्ट इन्डिजका किरन पोलार्डले सन् २०२१ मा श्रीलंका विरुद्धको खेलमा ६ छक्का प्रहार गरेका थिए।

यस्तै एकदिवसिय अन्तर्राष्ट्रियमा दक्षिण अफ्रिकाका हर्स्चेल गिब्सले २००७ को विश्वकपमा नेदरल्यान्ड्स विरुद्धको खेलमा उक्त कीर्तिमान बनाएका थिए।

त्यस्तै अमेरिकाका जसकरण मल्होत्राले पनि पपुवा न्युगिनी विरुद्धको एकदिवसीयमा उक्त कीर्तिमान बनाएको छ।  खेलको अन्तिम ओभरमा उनले कतारका बलर कमरान खानको बलमा यस्तो कमालको ब्याटिङ गरेका हुन्।

यसअघि १९ औं एसियाली खेलकुदमा उनले मंगोलिया विरुद्ध पनि ६ छक्का प्रहार गरेका थिए। तर त्यो फरक ओभरमा बनेको थियो।

दीपेन्द्र उही खेलाडी हुन्, जसले मंगोलिया विरुद्ध ९ बलमा अर्धशतक बनाउँदै सबैभन्दा छरिटो अर्धशतक बनाउने विश्व कीर्तिमान रचिसकेका छन्।

उनको यो कीर्तिमानको अब अर्को खेलाडीले बराबरी सम्म गर्न सक्छन् तर तोड्न भने सक्दैनन्।

नेपाली क्रिकेटमा ‘टाइगर’ उपनामले चर्चित छन्।

शनिवार एसीसी प्रिमियर कपमा कतार विरुद्ध ब्याटिङ रोजेको नेपालले दीपेन्द्रको अर्धशतकको मदतले २० ओभरमा २१० रनको विशाल स्कोर पनि बनाउन सक्यो।

दीपेन्द्रले २१ बल खेलेर अविजित ६४ रन बनाएका थिए।

 

प्रकाशित मिति: April 16, 2024

कमेन्ट गर्नुहोस्

advertisment