सदभाव, सिद्धान्त र आइन्स्टिना शीर्षस्थानमा

सदभाव, सिद्धान्त र आइन्स्टिना शीर्षस्थानमा
0Shares

फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसीप
सदभाव, जयवीर र आइस्टिना छनोट
काठमाडौं चैत्र २९: सदभाव आचार्य, जयवीर आचार्य र आइस्टिना टण्डनलेफाल्डो जुनियर टुर नेपाल च्याम्पियनसीपको उपाधि जित्दै फाल्डो सिरिजएसिया फाइनलमा छनोट हुन सफल भएका छन।
सदभाव समग्रमा १-अन्डर २ सय ३ स्कोर सहित पुरूष १७ देखि २१ वर्ष उमेरसमुह र समग्र च्याम्पियनसीपको उपाधि जित्न सफल रहे। आज १-अन्डर६७ मा खेल सकाउँदै सदभावले संसार विकेलाई ३१ स्ट्रोकको फराकिलोअन्तरमा हराए। प्रो गल्फरहरूलाई समेत माथ दिदै आएका सदभावलाई योप्रतियोगितामा अन्य गल्फरले चुनौती दिन सकेनन।
अन्तिम १८ होलको खेल सुरू गर्दा सदभावसँग १७ स्ट्रोकको अग्रता थियो।आज उनले पहिलो र चौथो होलमा बर्डी प्रहार गर्दा तेस्रो र छैटौं होलकोबोगीले फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए। यसपछि १०औ, ११औं र १४औंहोलमा एक-एक सट बचाउन सफल हुँदा ३-पारको १७औं होलमा डबलबोगी खेप्दा ब्याक नाइन १-अन्डर ३३ मा पुरा गरे। चारवर्ष अगाडि सदभाव१२ देखि १६ वर्षको उमेर समुहमा छनोट भएपनि कोभिडको कारणसहभागीता जनाउन पाएका थिएनन।
१३-ओभर ८१ को स्कोर दर्ज गर्दै समग्रमा ३०-ओभर २ सय ३४ सहितपोखराका संसार विके दोस्रो भए। यस्तै आज १०-ओभर ७८ को स्कोर मासमग्रमा ३३-ओभर २ सय ३७ सहित स्वप्नील भट्टराई तेस्रो भए।
पुरूष १२ देखि १६ वर्ष उमेर समुहमा जयवीर आचार्यले आज ५-ओभर ७३स्कोर गरे। समग्रमा ४९-ओभर २ सय ५३ सहित उपाधि जित्न सफल भए।अन्तिम १८ होलको सुरूवात गर्दा जयवीर लिडर सिद्धान्त भन्दा नौ स्ट्रोकलेपछि थिए।‌ तर आजको ५-ओभरको स्कोरमा सोहम अग्रवाललाई ४ स्ट्रोकलेहराउँदै उनी पहिलो भए।

प्रकाशित मिति: April 13, 2024

कमेन्ट गर्नुहोस्

advertisment