नेपाल ए विरुद्ध आयरल्यान्ड ए को क्लिन स्विप

नेपाल ए विरुद्ध आयरल्यान्ड ए को क्लिन स्विप
0Shares

काठमाडाैं, चैत २५ गते

लगातार तेस्रो खेलमा नेपाल ए लाई पराजित गर्दै आयरल्यान्ड ए ले तीन एकदिवसीय श्रृंखलामा क्लिन स्विप गरेको छ।

नेपालका युवा स्टार अर्जुन कुमालको शतकका बाबजुद नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ विरुद्ध एकदिवसीय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा पनि ६९ रनले पराजित भएको छ ।

पराजयसँगै नेपालले तीन खेलको शृंखला ३-० ले गुमायाे । यसअघि नेपाल २१ र ११४ रनले पराजित भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार आयरल्यान्ड ‘ए’ ले प्रस्तुत गरेको २८५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ३९.४ ओभरमा २१५ रनमा समेटियो ।

नेपालका लागि अर्जुनले ११८ बलमा १४ चौकाको मद्दतले सर्वाधिक १०२ रनको योगदान गरे । यसैगरी अर्जुन साउदले ३६, नरेन भट्ट र रुपेश सिंहले समान १५ तथा देव खनालले ११ रन बनाए ।

पहिलो विकेटका लागि दुई अर्जुनले ६८ रनको साझेदारी गरे । आयरल्यान्ड ‘ए’ का लागि बेन ह्वाइटले १० ओभरमा एक मेडनसहित ६२ रन खर्चिएर पाँच विकेट लिए । यसैगरी गाभिन होयले चार र म्याथ्यु फोस्टरले एक विकेट लिए ।

त्यसअघि टर जितेर ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ ले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २८४ रनको योगफल तयार पार्यो ।

आयरल्यान्डका लागि स्टेफन डोहिनीले १२९ बलमा आठ चौका र दुई छक्काको मद्दतले १०७ रनको योगदान गरे । यसैगरी पिटर मोरले ४४, म्याथ्यु हम्प्रेसले २३, मोर्गन टोपिङले २१, फिओन ह्यान्डले २०, बेन ह्वाइटले अविजित १९ र गाभिन होयले १४ रन बनाए ।

दोस्रो विकेटका लागि डोहिनी र मोरले ६६ रनको साझेदारी गरे । नेपाल ‘ए’ का लागि रिजन ढकाल र रन्जित कुमारले समान तीन तथा विकास आग्री र साहब आलमले समान एक विकेट लिए ।

प्रकाशित मिति: April 8, 2024

कमेन्ट गर्नुहोस्

advertisment