एस्टविक क्रिकेटको वलिङ सल्लाहकार

एस्टविक क्रिकेटको वलिङ सल्लाहकार
0Shares

काठमाडौं, चैत २५ गते

नेपाल क्रिकेट संघले वेस्ट इन्डिजका रोड्रिक ओ’ एस्टविकलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीकाे बलिङ सल्लाहकार  नियुक्त गरेको छ।

आइतवार एक विज्ञप्ती जारी गर्दै क्यानले आठ वर्षभन्दा लामो समय वेस्ट इन्डिजको सियिनर टोलीसँग काम गरेका एस्टविकलाई अनुवन्धन गरेको जनाएको छ ।

नेपालको राष्ट्रिय टोलीमा काम गर्न पाउनु मेरा लागि गर्वको विषय हो । आफ्नो ज्ञान नेपाली खेलाडीलाई बाँड्न आतुर छु ,’ एस्टविकले भने,‘ पछिल्लो समय नेपालले क्रिकेटमा राम्रो गरिरहेको छ । नेपाली क्रिकेटलाई अझैमाथि लैजानका लागि म शतप्रशित दिने प्रयास गर्नेछु ।’

६२ वर्षीय एस्टविकले ३७ पहिलो श्रेणी र ४२ लिस्ट ‘ए’ खेलेका छन् । उनले प्रथम श्रेणीमा १४१ विकेट लिनुका साथै ३७६ रन प्रहार गरेका छन् । यसैगरी एस्टविकले लिस्ट ‘ए’ मा ४३ विकेटका साथै १०० रन बनाएका छन् ।

प्रकाशित मिति: April 8, 2024

कमेन्ट गर्नुहोस्

advertisment