टाइम ट्रेल च्यालेन्जमा ऋषभ र अनुष्का विजयी

टाइम ट्रेल च्यालेन्जमा  ऋषभ र अनुष्का विजयी
0Shares

पोखरा, चैत २४ गते

मोटरसाइकल टुरिङ र रेसिङ अर्थात ट्रान्स–हिमालय एड्भेन्चर मुस्ताङको मुक्तिनाथ पुगेर पोखरा आएर समापन भएको छ ।

गत सोमबार काठमाडौंबाट प्रस्थान गरेका राइडरहरुको टोली पोखरा, बेनी हुँदै मुक्तिनाथ पुगेका थिए भने फेरि बेनी हुँदै पोखरा पुगेका हुन् ।
पोखरामा आयोजना भइरहेको मोटो इन्डुरो क्रस च्याम्पियनसिप २०२४ भ्रमण गरी सो राइड समापन गरियो ।

सो क्रममा मुक्तिनाथ नजिकै ३ हजार ५० मिटर उचाईमा रहेको सेल्फी डाँडामा राइडरहरुका बिच टाइम ट्रेल च्यालेन्ज ‘मोटोखाना’ बाइक रेस प्रतियोगिता समेत आयोजना गरियो । सो प्रतियोगितामा विजयी ऋषभ शर्मा र अनुष्का शर्मालाई एक कार्यक्रमका बिच पोखरामा पुरस्कृत गरिएको छ । त्यसैगरी सबै राइडरहरुलाई समेत प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरियो ।
सो प्रतियोगितामा ऋषभ शर्मा र अनुष्का शर्माका साथै अपूर्व बैकडी, शान्त हरि आचार्य, सरोज महर्जन, सञ्जित राम श्रेष्ठ, रौनक अधिकारी, ईश्वर वल्ल्भ उप्रेती, दिपेन्द्र कुमार खड्का र सुनिल श्रेष्ठ, सहभागी भएका थिए ।
उनीहरुलाई नेपाल अटोमोबाइल्स एसोसिएसन, मोटरसाइक्लिङ कमिसनका संयोजक अनिल बराल, गण्डकी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठ र मार्सल कमिसनका सदस्यद्वय प्रमोद श्रेष्ठ ‘गुफी’ र आशिष रौनियारबाट पुरस्कृत गरिएको छ ।
ट्रान्स–हिमालय एड्भेन्चर अन्तर्गत सेल्फी च्यालेञ्ज तथा सेफ राइडिङ र ट्यालेन्ट हन्ट सम्बन्धी विभिन्न क्रियाकलाप समेत आयोजना गरिएको छ । राइडरहरु एड्भेन्चर स्पोर्टस, टु ह्विल टुरिङ र सेफटी राइडिङ सम्बन्धी लाइभ स्ट्रिम, फोटोकथा, सेल्फी तथा भिडियो कन्टेस्ट, आर्टिकलसिप आदिमा सहभागी भएका छन् र विजेताहरुलाई केही समय पछि पुरस्कृत गरिने बताइएको छ ।

प्रकाशित मिति: April 6, 2024

कमेन्ट गर्नुहोस्

advertisment