यु–२१ राष्ट्रिय खो खो को तयारी

यु–२१ राष्ट्रिय खो खो को तयारी
0Shares

काठमाडौं, चैत २० गते

नेपाल खो खो संघको आयोजनमा यू–२१ पुरुष तथा महिला राष्ट्रिय खो खो प्रतियोगिता आयोजना हुने भएको छ ।

सुदूरपश्चिम प्रदेशको धनगढीमा हुने प्रतियोगिता चैत २४ देखि २७ गते सम्म सञ्चालन हुनेछ । लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा छ प्रदेश कोशी, मधेश, बागमती, गण्डगी, लुम्विनी, र सुदूरपश्चिमले सहभागिता जनाउनेछ । यस प्रतियोगितामा २४ जना प्रशिक्षक र २० जना निर्णायक पनि संलग्न हुनेछन् ।

प्रतियागिताको च्याम्पियनले ट्रफीसहित ५० हजार रुपियाँ प्राप्त गर्नेछ । यसैगरी उपविजेता टिम ३० हजार र तेस्रो हुने टिम २० हजार रुपियाँको हकदार बन्नेछ । प्रतियोगिताका सर्वश्रेष्ठ चेजर र रनरलाई पनि जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।

नेपाल खो खो संघका अध्यक्ष प्रदीप महर्जनले मङ्गलबार पहिलो पटक उमेर समूहको खो खो प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिनुभयो ।

प्रकाशित मिति: April 2, 2024

कमेन्ट गर्नुहोस्

advertisment