दोस्रो खेलमा पनि सहज जित

दोस्रो खेलमा पनि सहज जित
0Shares

काठमाडौं, चैत २० गते

टी २० विश्वकप तयारीका लागि भारतमा रहेको राष्ट्रिय क्रिकेट टोलीले मंगलवार खेलिएको फ्रेन्डसिप कप टी२० क्रिकेटमा बरोडा क्रिकेट संघलाई २७ रनले पराजित गर्यो।

पहिलो खेलमा नेपालले आयोजक गुजरात क्रिकेट संघलाई पनि आठ विकेटले सहजै  हराएको थियो ।

गुजरातको वापीस्थित साई मेघपन स्पोर्टसलाइफ मैदानमा मंगलबार सम्पन्न खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएपछि निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रनको योगफल तयार पार्यो । जवाफमा बरोडाले २० ओभरमा सबै विकेट गुमाउँदै १२९ रनमात्र जोड्न सक्यो।

नेपालका कुशल मल्लले अविजित ४० रन, सन्दीप जोराले २९ रन, कप्तान रोहितकुमार पौडेलले १८ रन र गुल्सनकुमार झाले १३ रन बनाएका थिए। बरोडाका लागि भानु पानियाले ३८, बाबा खानले २७, कप्तान विष्णु सोलान्कीले २५ र अमित पासीले १५ रन बनाए ।

नेपालका लागि करण केसीले तीन, सोमपाल कामीले दुई तथा अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले समान एक एक विकेट लिए।

अब नेपालले बुधबार गुजरातको सामना गर्नेछ ।

प्रकाशित मिति: April 2, 2024

कमेन्ट गर्नुहोस्

advertisment