अन्तिम ओभरमा नेपालले मार्यो बाजी

अन्तिम ओभरमा नेपालले मार्यो बाजी
0Shares

काठमाडौं, चैत गते

अन्तिम ओभरमा टुंगिएको एक रोमाञ्चक खेलमा आयरल्यान्ड ए लाई ३ रनले पराजित गर्दै नेपाल ‘ए’ ले टी २० शृंखलामा क्लिन स्विप हुनुबाट जोगिएको छ।

तीन टी २० को यो श्रृंखलामा नेपाल ‘ए’ ले यसअघिको दुई खेलमा २१ र ४० रनले हारेको थियो।

टस हारेर ब्याटिङ पाएको  नेपाल ‘ए’ ले ७ विकेटको क्षतिमा २१३ रन बनाएको थियो। जवाफमा आयरल्यान्ड ‘ए’  अन्तिम बलसम्म खेल्दै ७ विकेट गुमाएर २१० को बनाउन सक्यो।

अन्तिम ओभरमा १९ रन चाहिएको अवस्थामा आयरल्यान्ड ए ले १५ रन जोडेको थियो।

२ बल खेल्न बाँकी हुंदा २२ रन बनाएर खेलिरहेका फियोन ह्यान्ड रन आउट गर्दै नेपालले खेलमा बाजी मारेको थियो।

आयरल्यान्डका लागि गारेथ डेलानीले ३७ बलमा समान पाँच चौका र छक्काको मद्दतले सर्वाधिक ६८ रनको योगदान गरे।

यसैगरी मोर्गन टोपिङले ३७ बलमा समान चार चौका र छक्काको मद्दतले ६०, रोसु अदैरले ३१ र फिओन ह्यान्डले  २२ रन बनाए ।

 

पाँचौं विकेटका लागि डेलानी र टोपिङले १२९ रनको साझेदारी गरे । नेपालका लागि विपिन खत्रीले तीन तथा कमलसिंह ऐरी, नारायण जोशी र रासिद खानले समान एक विकेट लिए ।

नेपालको ब्याटिङमा आरिफ शेले अविजित ९३ रनको महत्वपूर्ण पारी खेले। ४८ बलमा ७ चौका र ६ छक्का ठोकेका थिए। यसैगरी रासिद खानले २४, कमलसिंह ऐरीले अविजित १९, बसिर अहमले १९, पवन सराफले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाए ।

चौथो विकेटका लागि आरिफ र शेखले ४७ रनको साझेदारी गरेका थिए। आयरल्यान्डका लागि फिओन ह्यान्डले दुई तथा म्याथ्यु पोस्टर, लियम म्याकर्थी, गेराथ डेलानी र गाभिन होएले समान एक विकेट लिए ।

 

प्रकाशित मिति: April 1, 2024

कमेन्ट गर्नुहोस्

advertisment