केल्मीले भलिबल संघलाई ३ वर्षमा एक करोड बराबरको सामग्री दिने

केल्मीले भलिबल संघलाई ३ वर्षमा एक करोड बराबरको सामग्री दिने
0Shares

काठमाडौं, चैत १५ गते

नेपाल भलिबल संघ र खेल सामग्री उत्पादक अन्तर्राष्ट्रिय कम्पनी केल्मीबीच ३ वर्षका लागि नयाँ सम्झौता भएको छ।

नेपाल भलिब संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र केल्मीका कन्ट्री डाइरेक्टर प्रदीप न्यौपानेले नयाँ सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार केल्मीले नेपालको राष्ट्रिय महिला तथा पुरुष भलिबल टोली र जुनियर गरी चार टोलीलाई जर्सी लगायत विभिन्न खेल सामाग्री यस अवधिमा उपलब्ध गराउने छ।

केल्मीले तीन वर्षमा करिब १ करोड रुपैयाँ बराबरको खेल सामाग्री भलिबल संघलाई उपलब्ध गराउने बताइएको छ।

नयाँ सम्झौतासँगै यसअघि राष्ट्रिय खेलाडीको लागि जर्सी लगायतको खेल गामाग्री व्यवस्थापनमा भोग्दै आउनु परेको टाउको दुखाई र झन्झटबाट अब भने संघले विश्राम पाएको भन्दै चन्दले केल्मीलाई धन्यवाद दिए ।

केल्मीका कन्ट्री डाइरेक्टर प्रदीप न्यौपानेले भलिबल संघसँग औपचारिक रुपमा नयाँ सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । यस्तै उनले केल्मी र नेपाल भलिबल संघबीचको यो सम्बन्ध आगामी १०–२० वर्षसम्म लम्बिदै जानेमा आफू विश्वस्त रहेको र यसले भलिबललाई थप व्यवसायिक बनाउनेमा विश्वास व्यक्त गरे ।

 

प्रकाशित मिति: March 28, 2024

कमेन्ट गर्नुहोस्

advertisment