ई स्पोर्ट्समा अन्जन अध्यक्ष, वरिष्ठ उपाध्यक्षमा हिम विक्रम

ई स्पोर्ट्समा अन्जन अध्यक्ष, वरिष्ठ उपाध्यक्षमा हिम विक्रम
0Shares

काठमाडौं, चैत ९ गते ।

ई स्पोर्ट्स संघ नेपाल (इसान) को पहिलो साधारण सभाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य अञ्जन धमलाको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ ।
हिमविक्रम केसीले वरिष्ठ उपाध्यक्ष, कल्दीप राई र पुरन खड्काले उपाध्यक्ष, पवन कार्कीले महासचिव तथा आशिष दाहाल र बालकुमार केसीले सचिवको जिम्मेवारी पाए ।
घनश्याम ढुंगेल, सजिब भट्टराई, सिजन भट्टराई, पुकार केसी, डा. घनश्याम पाण्डे, प्रज्ज्वल कडरिया, विपुल भट्टराई, मौसमी लामा र विजय खड्का सदस्यमा चयन भए ।
राखेपका उपाध्यक्ष शिव कोइरालाले नवनिर्वाचित पदाधिकारीलाई बधाइ दिदै सफल कार्यकालका लागि शुभकामना दिए । त्यसअघि साधारण सभाको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए । समान १–१ उपाध्यक्ष र सचिव तथा ३ सदस्यको मनोनयनपछि कार्यसमितिले पूर्णता पाउने छ ।

प्रकाशित मिति: March 22, 2024

कमेन्ट गर्नुहोस्

advertisment