राम्रो संस्कारको शुरुआत- मन्त्री श्रेष्ठ

राम्रो संस्कारको शुरुआत- मन्त्री श्रेष्ठ
0Shares

काठमाडौं, चैत ९ गते
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले युवा तथा खेलकुद पूर्व मन्त्री डिगबहादुर लिम्बू, राखेपका पदाधिकारीलगायतलाई एक कार्यक्रमबीच शुक्रबार सम्मान गरेको छ ।
कर्मचारी संघले राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टंकलाल घिसिङ, सदस्य प्रकाशकुमार कुसारी, अञ्जन धमला, पेमा डोल्मा लामा, श्रीमान थापा मगर, चन्द्र बदना राई, दीपेन्द्र विष्ट, लेखबहादुर क्षेत्री र विना श्रेष्ठ, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल र पदपूर्ति समितिका सदस्य वृजेन्द्र हमाललाई कदरपत्रसहित सम्मान गरेको हो ।
उनीहरुलाई राखेपमा विभिन्न तहमा कार्यरत कर्मचारीहरुको लामो समयदेखि रोकिएको बढुवा तार्किक निष्कर्षमा पुर्याउन महत्वपूर्ण योगदान दिएवापत सम्मान गरिएको हो ।
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले उनीहरुलाई सम्मान गर्दै कर्मचारी संघले पूर्व मन्त्रीलगायतको कामको मुल्यांकन गरी सम्मान गर्ने कार्य प्रशंसनीय कार्य भएको बताए ।

उनले भने-” यो संस्कार धेरै नै राम्रो हो। राजनीतिमा ब्यक्ति परिवर्तन भइरहन्छ। तर सस्कार र पहिलेको नेतृत्वले गरेका  कामहरुको निरन्तर नयाँ नेतृत्वले दिन सक्नुपर्छ। अहिले यो सस्कार मलाई मन पर्यो।  ”

सोही अवसरमा राखेप कर्मचारी संघका पूर्व पदाधिकारीहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानितहरुमा पूर्व अध्यक्ष नारायणदेव राणा र रञ्जन थापा, महासचिव फणिन्द्रप्रसाद पौडेल, पूर्व उपमहासचिव डिल्लीराम काफ्ले, पूर्व सचिव दिपकबहादुर सिंह, पूर्व वरिष्ठ उपाध्यक्ष्ना कर्मबहादुर सिंह, पूर्व उपाध्यक्ष राजु महर्जन, लक्ष्मण योगी र आश्रम केसी, पूर्व सदस्यहरु मातृकाप्रसाद दाहाल, धर्मराज ओझा, भुवनबहादुर थापा, सन्तोषी वैद्य, झुनादेवी शर्मा, ओमकार गिरी, उत्तमबहादुर रिमाल, सुदिल विक, हरिबहादुर भुजेल र फणिन्द्र पछाईं रहेका छन् । उनीहरुलाई कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी, महासचिव कुमार बस्नेतलगायतका पदाधिकारीले सम्मान गरे

प्रकाशित मिति: March 22, 2024

कमेन्ट गर्नुहोस्

advertisment