खेलकुदमा देखिने परिवर्तन हुन्छ-मन्त्री श्रेष्ठ

खेलकुदमा देखिने परिवर्तन हुन्छ-मन्त्री श्रेष्ठ
0Shares

काठमाडौं, चैत ७ गते

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुद क्षेत्रमा देखिने गरी परिवर्तन गर्ने आफ्नो अभियान रहेको बताएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्ज (एनएसजेएफ) को आयोजनामा मंगलबार भएको अन्तर्क्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले चरणवद्ध रूपमा नेपाली खेलकुद प्रगति तर्फ लैजाने योजना बनाउन लागेको धारणा राखेका छन्।

मंगलबार मञ्चले मन्त्री श्रेष्ठसँग परिचयात्मक र अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको थियो । मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी ‘देवेन्द्र’ ले नवनियुक्त खेलकुद मन्त्री श्रेष्ठलाई स्वागत गरेका थिए । सो अवसरमा मन्त्री श्रेष्ठले नेपालको खेलकुद विकासका लागि बजेट अपर्याप्त रहेको बताएका छन् ।
‘नेपालीको खेलकुदमा आउनु बजेट धेरै न्युन र अपर्याप्त छ । चाहे जस्तो खेलकुद विकास गर्न यो बजेट पर्याप्त छैन,’मन्त्री श्रेष्ठले भने । देशभित्र राष्ट्रिय एकतामा कमि आइरहेको अवस्थामा त्यसमा काम गर्न खेलकुद क्षेत्र आफ्नो रोजाइमा परेको मन्त्री श्रेष्ठले प्रष्ट्याएका छन् । उनले मन्त्रालयलाई अधिकारबाट सीमित गरिएको पनि बताएका छन् । ‘खेलकुद मन्त्रालयले जिम्मेवारी लिनुपर्ने धेरै छन् । तर, अधिकारको सबालमा भने मन्त्रालयलाई सीमित घेरामा राखिएको छ,’मन्त्री श्रेष्ठले भने ।
मन्त्री श्रेष्ठले सरोकार निकाय राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी (एनओसी) र खेल संघबीच ट्य्रान्गुलर आकारमा रहेकाले नेपाली खेलकदको विकास राम्रोसँग हुन नसकेको औंल्याएका छन् । खेलको वर्गीकरण नेपाली खेलकुदको आवश्यकता बनेको मन्त्री श्रेष्ठको विश्वास छ । नेपालका खेल संघहरू हराइरहेको आभास आफूलाई भइरहेको मन्त्री श्रेष्ठ बताउँछन् । संघहरूले आफूलाई नयाँ ढंगले अगाडि बढाउन सके मात्र खेलकुदको विकास सम्भव हुने बताएका छन् । आइओसीको चार्टरभित्र रहे पनि नेपाल ओलम्पिक कमिटी नेपालको कानुनभित्र पनि रहेर काम गर्नुपर्ने मन्त्री श्रेष्ठले भनाई थियो ।

प्रकाशित मिति: March 21, 2024

कमेन्ट गर्नुहोस्

advertisment