राखेपले खेल मैदान आफै संरक्षण गर्ने

राखेपले खेल मैदान आफै संरक्षण गर्ने
0Shares

काठमाडौं, चेैत ६ गते
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको खेल मैदान आफैले संरक्षण गर्ने भएको छ । राखेप मातहत रहेको दशरथ रंगशालाको खेल मैदान विगत लामो समयदेखि अखिल नेपाल फुटबल संघले मर्मत सम्भार तथा संरक्षण गर्दै आएकोमा मैदानको गुणस्तर र स्तरोन्नतीमा सन्तोषजनक कार्य नभएकोले अब उप्रान्त राखेप आफैले संरक्षण गर्ने भएको हो । संरक्षण गर्ने प्रारम्भिक कार्य मंगलबारदेखि नै सुरु भएको छ ।
राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को परिच्छेदको नियम २० को उपनियम (३) मा पनि राखेप मातहतका भौतिक पूर्वाधारहरुको संरक्षण र सम्वद्र्धन राखेपले नै गर्ने भनी उल्लेख छ । उक्त खेल मैदानको संरक्षण गर्न दैनिक आवयश्क पर्ने जनशक्तिको पनि राखेपले व्यवस्था गरिसकेको छ ।

प्रकाशित मिति: March 19, 2024

कमेन्ट गर्नुहोस्

advertisment