आइसीसी अध्यक्ष नेपालमा

आइसीसी अध्यक्ष नेपालमा
20Shares

काठमाडौं, चैत ५ गते

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले ४ दिने भ्रमणका लागि सोमवार काठमाडौं आएका छन्।

उनलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले विमानस्थलमा स्वागत गरे।

उनी चैत ८ सम्म नेपालमा बस्नेछन् ।

सो दौरान उनले नेपालमा कीर्तिपुर क्रिकेट मैदान र मुलपानी रंगशालाको भ्रमण गर्नेछन् ।

नेपालले २०२७ मा आईसीसी वुमन्स य-१९ विश्वकप आयोजना गर्न लागेकोले बार्कलेले मैदानको निरिक्षण गर्न लागेको बताइएको छ।

नेपाल रहंदा अध्यक्ष बार्कलेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षामान पुन र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई पनि भेट्ने कार्यक्रम छ।

 

 

प्रकाशित मिति: March 18, 2024

कमेन्ट गर्नुहोस्

advertisment