सहबीर राष्ट्रिय खुल्ला स्मृति लन टेनिस

सहबीर राष्ट्रिय खुल्ला स्मृति लन टेनिस
0Shares

काठमाडौं, चैत ५ गते

नेपाल एपीएफ क्लबको आयोजनामा संचालन भएको ‘१२औँ सहबीर राष्ट्रिय खुल्ला लन टेनिस प्रतियोगिता, २०८०’ को सोमबार विभिन्न ईभेन्ट्सका खेलहरु सम्पन्न भएका छन् ।

नेपाल एपीएफ क्लबको लन टेनिस कोर्ट हल्चोकमा सम्पन्न भएको पुरुष एकलतर्फको खेलमा प्रदिप खड्काले निशल कायस्थालाई ६–१ र ६–० ले, आर्यन गिरीले युगेन शेर्पालाई ७–५ र ७–५ ले, निशान श्रेष्ठले बिपुल बहादुर अधिकारीलाई ६–० र ६–० ले र आशिस खड्काले प्रशिद्ध मोक्तानलाई ६–२ र ६–० ले पराजित गरी विजयी भएका छन् ।

यसैगरी ५५ वर्षमाथि भेन्ट्रान्स डबल्सतर्फको खेलमा रजोजमान श्रेष्ठ र अमृतरत्न कंसकारको जोडिले सुनिल गुरुङ्ग र नोगेन लामाको जोडिलाई ६–२ र ६–३ ले पराजित गरी विजयी भएका छन् ।
५५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको खेलमा राजु श्रेष्ठले शिव सेढाईलाई ६–३ र ६–२ ले र बिमल वाईवाले नरेन्द्र सिंहलाई ६–१ र ६–० ले पराजित गरी विजयी भएका छन्।

त्यसैगरी महिला एकलतर्फको खेलमा अभलिसा विष्टले इन्द्रकला श्रेष्ठलाई ६–० र ६–० ले, प्रकृती श्रेष्ठले भगवती बि.क.लाई ५–७, ६–३ र ६–३ ले र शुभंगीलक्ष्मी शाहले आईसा डोल्केर गुरुङ्गलाई ६–४ र ७–५ ले पराजित गरी विजयी भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको टेनिस कोर्टमा भएको ३५ वर्षमाथि भेन्ट्रान्स पुरुष एकल तर्फको खेलमा शिरमन्त गुरुङ्गले राजेन्द्र श्रेष्ठलाई ६–१ र ६–२ ले, भिष्मजंग गुरुङ्गले समीर गुरुङ्गलाई ६–१ र ६–१ ले, अक्ष्य थापाले सम्दुप कुमार लामालाई ६–२ र ६–३ ले र अनिल शाहीले भिम थापा मगरलाई ६–१ र ७–५ ले पराजित गरी विजयी भएका छन् ।

हलचोकस्थित नेपाल एपीएफ क्लबको लन टेनिस कोर्ट र त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको टेनिस कोर्टमा सो प्रतियोगिता चैत्र ९ गतेसम्म संचालन हुनेछ।

प्रकाशित मिति: March 18, 2024

कमेन्ट गर्नुहोस्

advertisment