एडभेन्चर रनिङ महासंघमा एकेन्द्र कुँवर

एडभेन्चर रनिङ महासंघमा एकेन्द्र कुँवर
0Shares

काठमाडौं, चैत ५ गते
नेपाल एडभेन्चर रनिङ महासंघको चुनावी साधारण सभाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी समितिका सदस्य एकेन्द्र कुवँरको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति सोमबार सर्वसम्मत चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा जगननाथ तिमल्सिना, मिरा राई र मनबहादुर खत्री, महासचिवमा सुवास थापा, सचिवमा विनायकजय मल्ल र टगतबहादुर कुँवर तथा कोषाध्यक्षमा रिकेश योञ्जन रहेका छन् ।
शहदेव व्यञ्जन्कार, राजमान महर्जन, सुजितकुमार श्रीवास्तव, चन्द्रबहादुर थापा र प्रवीणकुमार महतो सदस्यमा चयन भए ।
साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । सोमबारै बसेको महासंघको बैठकले चार पदाधिकारी र ५ सदस्य गरी ९ जना मनोनयन गरेको छ । राजन खत्री वरिष्ठ उपाध्यक्ष, होमराज खपाङ्गी मगर उपाध्यक्ष, रविन्द्र थापा सचिव र संगीता रोकाया सह–कोषाध्यक्षमा मनोनित भए । प्रीति खत्री, जगतसिंह धामी, सूर्य बुढाथोकी, डा. सुदिन महर्जन र बाबुराजा श्रेष्ठलाई सदस्यमा मनोनयन गरिएको छ ।

प्रकाशित मिति: March 18, 2024

कमेन्ट गर्नुहोस्

advertisment