नेपाल ‘ए’ टिममा ४० खेलाडी

नेपाल ‘ए’ टिममा ४० खेलाडी
0Shares

काठमाडौं, चैत ५ गते

आयरल्यान्ड ‘ए’ विरुद्ध खेल्ने घरेलु श्रृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ टिमको बन्द प्रशिक्षण शुरु गरेको छ।

बन्द प्रशिक्षणमा ४० खेलाडी छन्।

नेपालको सिनियर टोलीले आयरल्यान्ड ‘ए’सँग मार्च २५ र २६ मा गरी दुई टी-२० खेल्नेछ। त्यसपछि सिनियर टोली बरोडा र गुजरातसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्न जानेछ।

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच भने मार्च २८, २९ र ३१ मा गरी तीनवटा टी-२० खेल खेल्नेछ भने अप्रिल ३, ५ र ७ मा एकदिवसीय अभ्यास खेल खेल्ने तालिका छ।

४० सदस्यिय टोलीमा कमल सिंह ऐरी फर्केका छन्।

टोलीका खेलाडीहरु

विनोद भण्डारी, देव खनाल, आरिफ शेख, सन्दीप जोरा, लोकेश बम, भीम सार्की, हरिशंकर साह, रित गौतम, पवन सराफ, अर्जुन साउद, नरेन भट्ट, दिलीप नाथ, विवेक यादव, बसिर अहमद, विपिन खत्री, श्याम ढकाल (मौसम), रंजीत कुमार, विकाश आग्री, नारायण जोशी, मायन यादव, अर्जुन कुमाल, रुपेश सिंह, साहब आलम, अर्जुन घर्ती, शेर मल्ल, दिपेश कँडेल, रिजन ढकाल, आकाश चन्द, कमलसिंह ऐरी, किरण ठगुन्ना, सुजन थपलिया, रासिद खान, दिनेश अधिकारी, सागर ढकाल, दिपेन्द्र राउत, सुवास भण्डारी, आशुतोष घिरैया, हेमन्त धामी, नरबहादुर सार्की

 

प्रकाशित मिति: March 18, 2024

कमेन्ट गर्नुहोस्

advertisment