कराते महासंघको साधारण सभा सम्पन्न

कराते महासंघको साधारण सभा सम्पन्न
0Shares

काठमाडौं, चैत ३ गते
नेपाल कराते महासंघले आफ्नो बार्षिक साधारण सभा केही महत्वपुर्ण योजना सहित सर्वसम्मत रुपमा सम्पन्न गरेको छ ।

मधेस प्रदेश स्थित निजगढमा भएको साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबार एक कार्यक्रमबीच उदघाटन गरे ।
साधारण सभामा मधेस प्रदेश सांसद माननीय मीना लामा, प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य– सचिव सूर्यलाल भण्डारीलगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले निर्वाचन भएको एक वर्षको अवधिमा कराते खेलले हासिल गरेको उपलब्धी खेल क्षेत्रका निम्ति उदाहरणीय भएको बताए । उनले एक वर्षअघि लामो समयदेखि विवादित रहेको करातेलाई एकिकृत बनाउन आफूले निर्वाह गरेको भूमिका खेलक्षेत्रको चलायमन रहेको खेल करातेप्रति न्याय गरेको वताउदै जसको फलस्वरुप १९ ओै एशियन गेम्समा करातेले रजत पदक हाशिल गरेको वताउनुभयो ।

साधारणसभामा नेपाल कराते महासंघका पदाधिकारी तथा सदस्यहरु, बिभिन्न ७ प्रदेशका प्रतिनिधि,पर्यबेक्षक लगायत करिव १ सय जना सहभागी भएको उक्त साधारण सभामा,नेपाल कराते महासंघ कार्यसमितिले पेश गरेको बिधान संसोधन प्रस्तावलाई प्रथम साधारण सभावाट अनुमोदन गरे ।

महासचिव दावा गुरुङगले २०७९ माघ १२ देखि २०८० साल चैत्र सम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । यसैगरी महासंघको आर्थिक बर्ष ०८०/८१ को आय–ब्यय सहित बार्षिक कार्यक्रममा भएको आर्थिक बिवरणहरु कोषाध्यक्ष किशोर प्रसाद भट्टराईले प्रस्तुत गरे।

महासंघका अध्यक्ष युवराज लामाले भावी योजना, तर्जुमा कार्यक्रम र रणनैतिक योजनाहरु सहित कराते खेलले हाशिल गरेको उपलब्धिहरु सबैको योगदानले प्राप्त भएको वताउनुभयो । सभालाई सम्वोधन मार्फत बिसर्जन गर्ने क्रममा अध्यक्ष लामाले मिशन सिक्स के सम्वन्धी प्रष्ट्याउदै सहभागी सबैलाई धन्यवाद व्यक्त गरेका थिए।

प्रकाशित मिति: March 17, 2024

कमेन्ट गर्नुहोस्

advertisment