राखेपमा खेलकुद मन्त्रीको स्वागत

राखेपमा खेलकुद मन्त्रीको स्वागत
0Shares

काठमाडौं, चैत १ गते ।
नवनियुक्त युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अनुशासन बनाइ राख्न पछि हट्न नहुने बताएका दिएका छन् ।
राखेपले बोर्डका अध्यक्षसमेत रहेका खेलकुद मन्त्री श्रेष्ठको स्वागत र बधाइ कार्यक्रममा मन्त्री श्रेष्ठले दशकौंसम्म निर्वाचन नगर्ने र ऐन पालना नगर्ने खेल संंघलाई सही बाटोमा ल्याउन ऐनमा रहेर कारबाही गर्न पछि हट्न नहुने बताएका हुन् ।
मन्त्री श्रेष्ठले सम्भावनाका आधारमा खेल संघहरूलाई प्राथमिकतामा राखेर लगानी गर्नुपर्ने अवस्थामा राज्य रहेको बताउदै खेलका इतिहास, सफलता र उपलब्धिका आधारमा मात्र लगानी गरिने बताए ।
मन्त्री श्रेष्ठले सबै एकैपटक सफल हुने वातावरण सिर्जना गर्न सबैले एकभएर प्रयास गर्नु पर्नेमा जोड दिदै नतिजा आए मात्र राज्यले गरेको खर्चको प्रमाणिकरण हुने बताए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालाले सबैले देखेका सपना पूरा गर्न मन्त्रालयसँगको सहकार्यमा सफल हुने धारणा राखे ।
राखेप सदस्यसचिव टंकलाल घिसिङले परिषद्को विविध पक्ष बारे जानकारी गराउदै सामूहिक प्रयासबाट कर्तब्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: March 15, 2024

कमेन्ट गर्नुहोस्

advertisment