राष्ट्रिय फुटबल टोली: केही नयाँ, केही पुराना, केही गयल

राष्ट्रिय फुटबल टोली: केही नयाँ, केही पुराना, केही गयल
0Shares

काठमाडौं, फागुन ३० गते

फिफा विश्वकप र एएफसी एसियन कप छनोटको लागि घोषणा गरिएको राष्ट्रिय पुरुष फुटबल टोलीमा नाम चलेका केही खेलाडीहरु छैनन्, केही पुराना खेलाडी थपिएका छन् भने ६ जना नयाँ अनुहारले प्रवेश पाएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार सार्वजनिक गरेको खेलाडी सूचीमा आयुष घलान, गोलरक्षक दीप कार्की, सन्तोष खत्री र सुरज जिउ ठकुरीको नाम छैन। उनीहरु बन्द प्रशिक्षणमा समावेश हुन नआएको बुझिएको छ।

मुख्य प्रशिक्षक भिसेन्जो अल्वेर्टो एनेसले स्थान दिएको नयाँ अनुहारमा अजय चौधरी, अभिषेक लिम्बू, सौभाग्य राई, विशाल बस्नेत, रोहन कार्की र समीर तामाङ छन् ।

यस्तै खेलाडी अभाव भएपछि प्रशिक्षक एनेसले त्रिभुवन आर्मीका भरत खवासलाई पुन टोलीमा फिर्ता बोलाएका छन्।

नेपालले शुक्रबार मलेसियासँग मैत्रीपूर्ण खेल्नका लागि बुधबार मलेसिया प्रस्थान गर्नेछ ।

नेपालले फिफा विश्वकप र एसिया छनोटको दोस्रो चरणअन्तर्गत बहराइनविरुद्ध ८ र १३ चैतमा प्रतिस्पर्धा गर्नेछ ।

नेपालले फिफा विश्वकप २०२६ र एसियन कप छनोट अन्तर्गत पनि होम एन्ड अवे खेल नै बहराइनमा खेल्ने भएको छ ।

यसअघि नेपालको होम खेल ८ चैतमा दशरथ रंगशालामा खेल्ने तालिका थियो । तर रंगशालाको अवस्था ठिक नभएको एएफसीको रिपोर्टमा देखिएपछि खेल स्थल बहराइनमै सारिएको हो।

नेपाली टोली 

गोलरक्षक: किरण चेम्जोङ, अभिषेक रिजाल, विशाल सुनार। डिफेन्डर : अभिषेक लिम्बू, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई, सुमित श्रेष्ठ। मिडफिल्डर : भरत खवास, विशाल बस्नेत, लकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, रोहन कार्की, उत्सव राई । स्ट्राइकर : अन्जन विष्ट, दिनेश हेन्जन, हिसुब थपलिया, समीर तामाङ, सञ्जीव विष्ट, जिलेस्पीजंग कार्की

अफिसियल टोली

भिन्सेन्जो अल्बर्टो एनिस (मुख्य प्रशिक्षक), प्रवेश कटुवाल (प्रशिक्षक), विनोद डंगोल (गोलरक्षक प्रशिक्षक), मनिष तिम्सिना (प्राविधिक कर्मचारी), उत्तमराज भण्डारी (टिम व्यवस्थापक), लोकेन्द्र कुँवर (फिजियो), ज्ञानबहादुर राई (किट व्यवस्थापक), दीपक खतिवडा (टोली प्रमुख), महेन्द्र क्षेत्री। अफिसियलहरु :  इन्द्रमान तुलाधर, भरत घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनील लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ र सुविनकुमार श्रेष्ठ

 

प्रकाशित मिति: March 13, 2024

कमेन्ट गर्नुहोस्

advertisment