नेपालले फाइनल पीएनजीसंग खेल्ने

नेपालले फाइनल पीएनजीसंग खेल्ने
0Shares

काठमाडौं, फागुन २९ गते

दिनमा खेलिएको दुई खेलमध्ये महत्वपूर्ण मानिएको हङकङ र पपुवा न्युगिनि विचको खेलमा पराजित भएपछि आयोजक हङकङ त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाबाट बाहिरिएको छ।

अब उपाधि भिडन्त नेपाल र पपुवा न्युगिनी विच बुधवार हुनेछ।

नेपालका लागि कुशल चार ओभरमा १२ रन खर्चिदै चार विकेट लिए । यसैगरी प्रतिश जिसीले दुई तथा आकाश चन्द र गुल्सन झाले समान एक विकेट लिए ।

शूरुमा ब्याटिङ गरेको नेपालले १९८ रनको विशाल लक्ष्य पीएनजी सामू प्रस्ताव गरेको थियो।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै रनको १९८ योगफल तयार पार्यो ।

नेपालका लागि कुशल भुर्तेलले ३९ बलमा समान चार चौका र छक्काको मद्दतले सर्वाधिक ५९ रनको योगदान गरे । यसैगरी सन्दीप जोराले २६ बलमा चार छक्का र तीन छक्काको मद्दतले ५६, विनोद भण्डारीले २७, विवेक यालवले अविजित १९, गुल्सन झाले अविजित १५ र लोकेश बमले १४ रन बनाए ।

कुशलले पहिलो विकेटका लागि विनोदसँग ६४ र चौथो विकेटका लागि सन्दीपसँग ५० रनको साझेदारी गरे ।

पिएनजीका लागि कप्तान असाद भालाले दुई तथा नसैना पोकना, जोन कारिको र नोर्मन भानुआले समान एक विकेट लिए ।

हङकङले प्रस्तुत गरेको १२२ रनको लक्ष्य पिएनजीले १२.४ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्यो ।

पिएनजीका लागि सेसे बाउले ४३ बलमा चौका र छक्काको मद्दतले अविजित ६१ तथा टोनी उराले ३३ बलमा पाँच चौका र दुई छक्काको मद्दतले अविजित ५१ रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १८.३ ओभरमा सबै विकेट गुमाउँदै १२१ रनको योगफल तयार पारेको थियो ।

हङकङका लागि जिसन अलीले २९ बलमा ६ चौका र एक छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । यसैगरी नस्रुला राना र एहसान खानले समान १६ तथा बाबर हायतले १२ रन बनाए ।

पिएनजीका लागि काबुआ मोरिया, अली नाओ, कप्तान असाद भाला र सेसे बाउले समान दुई विकेट लिए ।

 

प्रकाशित मिति: March 12, 2024

कमेन्ट गर्नुहोस्

advertisment