खेलाडीलाई योगा

खेलाडीलाई योगा
0Shares

काठमाडौं, फागुन २९ गते
मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि योगा कक्षा सञ्चालन गरिएको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको योगा कक्षाको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे ।

योगा प्रशिक्षक पुस्करराज पन्तले योगा कक्षा सञ्चालन गरेका थिए । राखेपको आयोजना तथा राष्ट्रिय टिम तयारीको समन्वयमा भएको योगा कक्षामा विभिन्न ५ खेलका ५० खेलाडी र १० प्रशिक्षक गरी ६० जना सहभागी थिए । हरेक महिना योगा कक्षा सञ्चालन गरिने राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले जनाएका छन् ।

प्रकाशित मिति: March 12, 2024

कमेन्ट गर्नुहोस्

advertisment