राष्ट्रिय क्रिकेट टोली हङकङतिर

राष्ट्रिय क्रिकेट टोली हङकङतिर
0Shares

काठमाडौं, फागुन २४ गते

हङकङमा हुने त्रिकोणात्मक श्रृंखला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली विहिवार राती त्यसतर्फ प्रस्थान गरेको छ।

टोलीले त्यहाँ हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी- २० शृंखला खेल्नेछ। श्रृंखलाको पहिलो खेल फागुन २७ मा हङकङ विरुद्ध खेल्नेछ।

यस्तै फागुन २९ गते  नेपाल र  पवुवा न्युगिनी भिड्नेछन्। सिंगल राउन्ड रोविन लिग लिगको नतिजापछि शीर्ष दुई टोलीबीच फागुन ३० मा फाइनल प्रतिस्पर्धा हुनेछ।

नेपाल क्रिकेट संघले हङकङ यात्रामा केही प्रमुख खेलाडीलाई आराम दिएको छ भने युवा खेलाडीहरुलाई मौका दिएको छ।

जसमा  सन्दीप जोरा, रासिद खान, आकाश चन्द, लोकेश बम, सागर ढकाल युवा अनुहार हुन्। राष्ट्रिय टिम ‘ए’ टिमका कप्तान विनोद भण्डारी पनि टिममा सामेल छन्।

विहिवार एक समारोहका विच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले खेलाडीहरुको विदाई गरेका थिए।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), विनोद भण्डारी (विकेटकिपर), गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, रासिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अविनाश बोहोरा ।

 

प्रकाशित मिति: March 7, 2024

कमेन्ट गर्नुहोस्

advertisment