यु १६ महिला माथि भारतको १० गोल

यु १६ महिला माथि भारतको १० गोल
0Shares

काठमाडौं, फागुन २४ गते

यु-१६ महिला टोली साफ यू -१६ महिला च्याम्पियनसिप २०२४ प्रतियोगिताबाट बाहिरिएको छ।

सातदोबाटोमा सञ्चालन भइरहेको विहिवारको लिगको निर्णायक खेलमा भारतले नेपाललाई १०-० को फराकिलो अन्तररले पराजित गरेको हो।

आजको खेल जितेको भए नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने थियो। तर हार पछि भने भारत र बंगलादेशबिच फाइनल प्रतिस्पर्धा हुने भएको छ।

युवा टोलीले पहिलो हाफमा ६ गोल तथा दोस्रो हाफमा थप ४ गोल खाएको थियो।

पहिलो खेलमा बंगलादेशसँग २-० को हार बेहोरेको नेपालले दोस्रो खेलमा भुटानलाई ३-० ले पराजित गरेको थियो । भारतले पहिलो खेलमा भुटानलाई ७-० ले पराजित गर्दा दोस्रो खेलमा बंगलादेशसँग ३-१ को हार बेहोरेको थियो ।

प्रतियोगिताको फाइनल आइतबार हुनेछ ।

 

प्रकाशित मिति: March 7, 2024

कमेन्ट गर्नुहोस्

advertisment