कबड्डीको सुपर लिग सुरु

कबड्डीको सुपर लिग सुरु
0Shares

काठमाडौं, फागुन २३ गते
अखिल नेपाल कबड्डी संघको आयोजनामा पुरुष तथा महिला कबड्डी सुपर लिग बुधबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ ।
पहिलो दिन पुरुषमा नेपाल आर्मीले एपीएफलाई ३९–२२ ले पराजित ग¥यो । आर्मीका प्रदीप मिजार ‘म्यान अफ द म्याच’ घोषित भए । पुरुषमै नेपाल प्रहरी क्लबले उपत्यका टोलीबाट वाक ओभर पाएको आयोजकले जनाएको छ ।
नारी दिवसका अवसरमा आयोजित प्रतियोगिताको महिलामा प्रहरीले एपीएफलाई ३८–३० ले हरायो । प्रहरीकी मानमति विष्ट ‘वोमन अफ द म्याच’ चुनिइन् ।
प्रतियोगिताको राखेपका पूर्व उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका उप–महासचिव पिताम्बर तिम्सिनाले एक कार्यक्रमबीच उद्घाटन गरे । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र ११ हजार नगद पुरस्कार प्राप्त गर्ने कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई २ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित मिति: March 6, 2024

कमेन्ट गर्नुहोस्

advertisment