आइओएफटिसीको संयोजकमा गोर्खाली

आइओएफटिसीको संयोजकमा गोर्खाली
0Shares

काठमाडौं, फागुन २३ गते
दक्षिण कोरियाको सोलमा हुने इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आईओएफटिसी) को संयोजकमा तेक्वान्दो मास्टर अमुल गोर्खाली नियुक्त भएका छन् ।

अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा गर्ने प्रतियोगिताको १४ औं संस्करण हुन लागेको हो । कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा सोलमा हुने सो प्रतियोगिता सन् २०२४ को अगस्ट महिनामा हुँदैछ ।
आइओएफटिसीका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जनले बुधबार गोर्खाली आईओएफटिसीको बोर्ड सदस्यमा नियुक्त भएको र त्यसपछि उनलाई प्रतियोगिता संयोजकको जिम्मेवारी दिइएको जानकारी दिए।

आईओएफटिसीका महासचिव केरेन ब्लाकलेजले गोर्खालीलाई बोर्ड सदस्य र प्रतियोगिता संयोजकको नियुक्ती पत्र प्रदान गरिन् ।
सो अवसरमा महासचिव ब्लाकलेजले गोर्खाली युवाहरुको संलग्नताले आईओएफटिसी च्याम्पियन्सिप अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरिन् ।

महासचिव ब्लाकलेजका अनुसार गोर्खालीकै संयोजकत्वमा सन् २०२२ मा मिसिगनमा भएको १३ औं आईओएफटिसी च्याम्पियन्सिपमा सफलतापूर्वक सम्पन्न भएकोले पनि उनलाई सोलमा हुने आईओएफटिसी च्याम्पियन्सिपका लागि विश्वास गरिएको हो । गोरर्खाली एभरेस्ट तेक्वान्दो मिचिगनका निर्देशक पनि  हुन् ।

प्रकाशित मिति: March 6, 2024

कमेन्ट गर्नुहोस्

advertisment