गण्डकी प्रदेशद्वारा ओलम्पियनहरुलाई सम्मान

गण्डकी प्रदेशद्वारा ओलम्पियनहरुलाई सम्मान
0Shares

पोखरा, फागुन २३ गते

गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ ।

मासिक ५ हजार नगद (वार्षिक ६० हजार) सहित  बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान गरेका हुन् ।

सम्मानीत हुनेहरुमा बाग्लुङका भगवती खत्री, गोरखाका टिकाबहादुर बोगटी, ऋषिराम प्रधान, ज्ञानबहादुर बोहोरा, तनहुँका सिताराम शाही, राजेन्द्रबहादुर भण्डारी, कास्कीका मनिषा अधिकारी, नारायणबहादुर गुरुङ र नवलपुरका तिलकराम थारु रहेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज आयोजित कार्यक्रममा ओलम्पियनहरुलाई सम्मान गर्दै मुख्यमन्त्री पाण्डेले सरकार र खेलाडीबिचको सम्बन्ध खेल खेलिरहेका बेला मात्र नभई सँधै रहिरहोस् भन्ने उद्देश्य रहेको बताए ।

उनले भने–“‘हिजो राष्ट्रकालागि खेल्नुभएका खेलाडीहरु आज कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, राज्यले उहाँहरुलाई सम्झनुपर्छ भन्ने लागेर प्रदेश सरकारले यो कार्यक्रम संचालन गरेको हो’.

गण्डकी प्रदेश सरकारले खेलाडी कल्याणकारी कार्यक्रम अन्तर्गत यस वर्ष प्रदेश खेलकुद परिषद्मा सुचिकृत भएका ५ सय ९४ जना र पूर्व राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय खेलमा सहभागी भएका एक सय जना गरी ६ सय ९४ जनाको स्वास्थ्य बिमा गरेको छ ।

पूर्व राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय विमामा उनीहरुको नाम नखुलाइएको तर पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको हितलाई ध्यानमा राख्दै समेटिएको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले जनाएका छन् ।

 

प्रकाशित मिति: March 6, 2024

कमेन्ट गर्नुहोस्

advertisment