सदभावलाई एक स्ट्रोकको अग्रता

 सदभावलाई एक स्ट्रोकको अग्रता
0Shares

काठमाडौं, फागुन २२ गते

सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको पाँचौं  प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन एमेच्योर गल्फर सदभाव आचार्य एक स्ट्रोकको अग्रता सहित शीषस्थानमा उक्लन सफल भएका छन।

डिफेन्डिङ च्याम्पियन सदभावले आज १-अन्डर ६७ को स्कोर दर्ज गर्दा समग्रमा ३- अन्डर १ सय ३३ सहित प्रोफेसनल गल्फर धन बहादुर थापालाई एक स्ट्रोकले पछि पारेका हुन। १-अन्डर ६७ सहित समग्रमा २-अन्डर १ सय ३४ सहित धन दोस्रो स्थानमा उक्लिए।

पुर्व नम्बर एक गल्फर रवि खड्का र पहिलो दिनका लिडर रामे मगरले समग्रमा १-अन्डर ३५ को नतिजामा संयुक्तरुपमा तेस्रो स्थान बाँडे। रविले आज २-अन्डर ६६ र रामेले २-ओभर ७० मा दोस्रो दिनको खेल सकाए।

२-अन्डर ६६ स्कोर गरेका दिनेश प्रजापति समग्रमा इभन-पार १ सय ३६ सहित पाँचौ स्थानमा रहेका छन। समग्रमा २-ओभर १ सय ३८ सहित जयराम श्रेष्ठ र भुवन नगरकोटीले छैटौं स्थान बाँडे। जयरामले १-अन्डर ६७ र भुवनले ३-ओभर ७१ मा आजको खेल सकाए। ३-ओभरको खराब प्रदर्शनमा भुवन तेस्रो स्थानबाट छैटौं स्थानमा तल झरे।

यसैगरी ३-ओभर १ सय ३९ स्कोरमा सञ्जय लामा, दीपक थापा र सूर्य प्रसाद शर्मा संयुक्तरुपमा आठौं‌ स्थानमा रहे।सञ्जयले दोस्रो दिनको उत्कृष्ट कार्ड बनाउँदै ३-अन्डर ६५ मा खेल सकाए। दीपकले इभन-पार ६८ र सूर्यले १-ओभर ६९ को स्कोर दर्ज गरे।

प्रकाशित मिति: March 5, 2024

कमेन्ट गर्नुहोस्

advertisment