सूर्य नेपाल च्यालेन्ज : रामे मगरलाई अग्रता

सूर्य नेपाल च्यालेन्ज : रामे मगरलाई अग्रता
0Shares

काठमाडौं, फागुन २१ गते

सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको पाँचौं  प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको पहिलो दिन ३ अन्डर ६५ को स्कोरमा भेट्रान प्रो रामे मगर शीर्षस्थानमा रहेका छन।

रामेले एमेच्योर युवा गल्फर तथा डिफेन्डिङ्ग च्याम्पियन सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारे। २-अन्डर ६६ सहित सदभाव आचार्य दोस्रो स्थानमा रहदा १ अन्डर ६७ सहित भुवन नगरकोटी र धन बहादुर थापा संयुक्तरुपमा तेस्रो स्थानमा रहे। इभन-पार ६८ खेलेका टंक बहादुर कार्की पाँचौं र १-ओभर ६९ सहित रवि खड्का छैटौं स्थानमा छन।

२ ओभर ७० को स्कोरमा पहिलो दिनको खेल सकाएका रमेश अधिकारी, सूर्य प्रसाद शर्मा र दिनेश प्रजापतिले संयुक्तरुपमा सातौं स्थानमा रहेका छन। यसैगरी पशुपति शर्मा, जयराम श्रेष्ठ, दीपक मगर, तोरण विक्रम शाही तथा एमेच्योर गल्फरद्वय राहुल बिके र टासी छिरिङले ३-ओभर ७१ को नतिजामा संयुक्तरुपमा १०औं स्थान बाँडे।

लामो समयपछि शीषस्थानमा रहन सफल रामेले उत्कृष्ट प्रदर्शनमा फ्रन्ट नाइन ३-अन्डर ३१ मा पुरा गरे। उनले पहिलो, दोस्रो र चौथो होलमा बर्डी प्रहार गरे। ब्याक नाइनमा पनि १०औं, १२औं र १३औं होलमा एक-एक सट बचाउँदा ६-अन्डरको स्थितिमा पुगिसकेका थिए। तर ४-पारको १६औं होलमा डबल बोगी र १८औं होलको बोगीले ब्याक नाइन इभन-पार ३४ मा सकाए।

प्रकाशित मिति: March 4, 2024

कमेन्ट गर्नुहोस्

advertisment