एनएनआइपिए स्पोर्ट्स अवार्डमा अब ३६ खेल

एनएनआइपिए स्पोर्ट्स अवार्डमा अब ३६ खेल
0Shares

काठमाडौं, फागुन २१ गते

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको एनएनआइपिए स्पोर्टस अवार्ड आगामी चैत १२ गते हुने भएको छ।

विगतमा २९ खेलका उत्कृष्ट खेलका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गर्दै आएको यसपाली देखि खेल संख्या थपेर ३६ पुर्याइएको सोमवार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ।

गतवर्ष आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश भएका ३६ खेललाई आधार मानी सम्बन्धित संघले सिफारिस गरेका खेलाडीलाई एनएनआइपीएले सम्मान गर्ने परम्परा छ।

कार्यक्रम यो वर्ष ललितपुरमा आयोजना हुने एनएनआएपिएका सचिव मण्डेकाजी श्रेष्ठले पत्रकार सम्मेलनमा बताए। आयोजकले काठमान्डौंका विभिन्न स्थानमा ऐतिहासिक, सांस्कृतिक सहरहरुमा गर्दै आएका छन्।

अवार्ड कार्यक्रममा उत्कृष्ट खेलाडी, उत्कृष्ट खेलाडीहरु मध्येबाट एक पुरुष र एक महिलालाई सर्वोकृष्ट खेलाडी, एक पुरुष र महिला प्रतिभाशाली खेलाडी सम्मान, एक खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारीता पुरस्कार, एकजना पाका खेल ब्यक्तिलाई गजराज आर्दश खेल व्यक्तित्व सम्मान, एक जनालाई वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान प्रदान गरिने छ ।

त्यसमा सर्वोकृष्ट महिला र पुरुष खेलाडीले एक एक लाख रुपैंया प्राप्त गर्नेछन्। त्यस्तै  प्रतिभाशाली खेलाडीले ५० हजार रुपैयाँ, खेल पत्रकार र खेल ब्यक्तित्व सम्मान पाउनेलाई समान ३५ हजार र पारा खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै त्यसै सबै ३६ खेलका उत्कृष्ट खेलाडीले जनही १० हजार प्राप्त गर्नेछन्। ती खेलहरु निम्नानुसार छन्।

३६ खेल: एथलेटिक्स, आर्चरी, बक्सिङ, बास्केटबल, बुद्धिचाल, ब्याडमिन्टन, शारीरिक सुगठन, क्रिकेट, साइक्लिङ, फुटबल, फेन्सिङ, फूल कन्ट्याक्ट, आइटिएफ तेक्वान्दो, गल्फ, जिम्न्याष्टिक, ह्यान्डबल,  हक्की,  जुडो, कराते, खो खो, कबड्डी, लन टेनिस, प्याराग्लाइडिङ, रग्बी, तेक्वान्दो, टेबल टेनिस, सफ्ट टेनिस, शुटिङ, सेपाकताक्रो, पौडी, स्क्वास, ट्रायथोलन, उसु, भारोत्तोलन,  भलिबल, कुस्ती

आयोजक संस्थाका महासचिव शिवसुन्दर गोथेले कार्यक्रम आयोजनका लागि २० देखि २२ लाख खर्च हुने अनुमान गरिएको र त्यसमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले केही सहयोग गर्ने  बताए ।

 

 

प्रकाशित मिति: March 4, 2024

कमेन्ट गर्नुहोस्

advertisment