फाइनलमा नेपालको प्रतिद्धन्दी नेदरल्यान्ड्स

फाइनलमा नेपालको प्रतिद्धन्दी नेदरल्यान्ड्स
0Shares

काठमाडौं, फागुन २० गते

मंगलवार हुने त्रिकोणात्मक टी-२० आई को फाइनलमा नेपालको विपक्षी  नेदरल्यान्ड्स हुने भएको छ।

आइतबारको नामिबिया र नेदरल्यान्ड्सबीचको खेल  वर्षाका कारण रद्द भएर दुबै टोलीले १–१ अंक बाँडेपछि नामिविया प्रतियोगिताबाट बाहिरिएको छ।

वर्षाले ल्याएको नतिजापछि नेदरल्यान्ड्स ५ अंक, नेपालको ४ अंक र नामिबियाको ३ अंक बनेको थियो।

आइतबार टस हारेर पहिला ब्याटिङ पाएको नामिबियाले १५ ओभरमा ४ विकेटको क्षतिमा ९८ रन बनाएर खेलिरहेको बेला वर्षा भएपछि खेल रोकिएको थियो ।

 

प्रकाशित मिति: March 3, 2024

कमेन्ट गर्नुहोस्

advertisment