काठमाडौं, फागुन २० गते
मंगलवार हुने त्रिकोणात्मक टी-२० आई को फाइनलमा नेपालको विपक्षी नेदरल्यान्ड्स हुने भएको छ।
आइतबारको नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाका कारण रद्द भएर दुबै टोलीले १–१ अंक बाँडेपछि नामिविया प्रतियोगिताबाट बाहिरिएको छ।
वर्षाले ल्याएको नतिजापछि नेदरल्यान्ड्स ५ अंक, नेपालको ४ अंक र नामिबियाको ३ अंक बनेको थियो।
आइतबार टस हारेर पहिला ब्याटिङ पाएको नामिबियाले १५ ओभरमा ४ विकेटको क्षतिमा ९८ रन बनाएर खेलिरहेको बेला वर्षा भएपछि खेल रोकिएको थियो ।
प्रकाशित मिति: March 3, 2024