राष्ट्रिय क्रिकेट टोलीले हङकङमा खेल्ने

राष्ट्रिय क्रिकेट टोलीले हङकङमा खेल्ने
0Shares

काठमाडौं, फागुन २० गते

मंगलवार नेदरल्यान्ड्स संग त्रिकोणात्मक फाइनल खेले पछि राष्ट्रिय क्रिकेट टोलीले अर्को हप्ताबाट हङकङमा हुने टी-२० आई त्रिकोणात्मक श्रृंखला खेल्ने भएको छ।

त्यस निम्ति नेपाल क्रिकेट संघले रोहित पौडेलको कप्तानीमा युवा खेलाडीहरुलाई समेट्दै १४ सदस्यीय टोली बनाएको छ।

टोलीमा रोहित संगै राष्ट्रिय टोलीमा नियमित खेल्दै आएका करण केसी, आरिफ शेख, कुशल भुर्तेल, गुलशन झा छन्।

प्रशिक्षक मोन्टी देशाईले सोमपाल कामी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, ललितराज राजवंशी र अनिल शाहलाई आराम दिएका छन्।

उनीहरुको स्थानमा राष्ट्रिय टोली ‘ए’ टिमका कप्तान विनोद भण्डारी, सन्दीप जोरा, राशिद खान, आकाश चन्द, लोकेश बम, सागर ढकालले टिममा स्थान पाएका छन्।

नेपाल मार्च ९ र १० गते हङकङ संग तथा मार्च १२ मा पपुवा न्यूगिनीसंग खेल्ने तालिका छ।

फाइनल खेल मार्च १३ मा हुने तालिका छ।

प्रकाशित मिति: March 3, 2024

कमेन्ट गर्नुहोस्

advertisment