लगातार २ खेल जित्दै नेपाल फाइनलमा

लगातार २ खेल जित्दै नेपाल फाइनलमा तीन विकेट लिएका प्रतिश जिसी
0Shares

काठमाडौं, फागुन १९ गते

नेदरल्यान्ड्स विरुद्ध राम्रो रन रेटको आधारमा जित निकालेपछि नेपाल प्रतियोगिताको फाइनलमा पुगेको छ।

शनिवारको जितपछि नेदरल्यान्ड्सको ३ खेलबाट ४ अंक तथा तीनवटै खेलबाट नामिवियाको २ अंक छ।

लिगको चार खेल खेलिसकेको नेपाल २ जितका साथ ४ अंक छ।

यस्तै रन रेटमा नेदरल्यान्ड्सको ०.३१०, नेपालको ०.२९३ तथा नामिवियाको  -०.७०० छ।

अब आइतवार नामिविया र नेदरल्यान्ड्स विच लिगको अन्तिम खेल हुनेछ।

र उक्त खेलको नतिजा जे जस्तो भएपनि रन रेटको आधारमा नेपालको दोस्रो स्थान निश्चित हुनेछ।

भोलीको खेलमा नेदरल्यान्ड्स जिते नेपाल र नेदरल्यान्ड्स स्वत फाइनलमा पुग्नेछ।

तर यदि नामिवियाले जितेमा भने रन रेटको आधारमा कि नामिविया बाहिरिने छ कि नेदरल्यान्ड्स। नेपालको स्पट भने तलमाथि हुने छैन्।

टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्यान्ड्सले १९.३ ओभरमा अलआउट हुंदै १२० रनको स्कोर खडा गर्यो।

कीर्तिपुरको भरिभराउ मैदानमा उपस्थित दर्शक माझ नेपाली बलरहरुले कसिकसाउ बलिङ गर्दै विपक्षी खेलाडीहरुलाई रोक्न सफल भएको थियो।

पहिलो ओभरमै करण केसीले दुई विपक्षीको विकेट लिएर नेपाललाई शानदार शुरुआत दिलाए।

तर त्यसपछि नेदरल्यान्ड्सका म्याक्स ओ डाउड र स्कट एडवार्ड्सले संयमित खेल्दै तेस्रो विकेटका ५० रनको साझेदारी गर्दै खेललाई नियन्त्रणमा ल्याउन प्रयास गरे।

तर नेपालका युवा खेलाडी प्रतिश जिसी चम्किएपछि नेदरल्यान्ड्स फेरी समस्यामा पर्यो।

प्रतिशले खेलमा जमिरहेका यी दुबै जोडीलाई बोल्ड गरे। उनले स्कट (१८ रन) र म्याक्स (३१ रन) लाई बोल्ड गरेका थिए।

धेरै पछि मौका पाएका प्रतिशले कुल ३ विकेट लिए।

प्रतिशसंगै काम चलाउ स्पिनर कुशल मल्लले २ विकेट लिएपछि नेदरल्यान्ड्सको मध्यपंक्ति तहस नहस भएको थियो।

कुशलले दशौं ओभरमा नोआ क्रोस (३ रन) र आर्यन दत्त (० रन)लाई आउट गरेका थिए।

नेदरल्यान्ड्सका रोलफ भान डर मर्वले अन्तिम समय सम्म खेल्दै २३ रन बनाउँदा टोलीको स्कोर १२० पुगेको थियो।

दीपेन्द्रसिंह ऐरीले १ पनि १ विकेट लिए। अन्तिम विकेट कुशल भुर्तेलले छक्का जोगाउँदै विपक्षी लाई रन आउट गर्नु कीर्तिपुरमा देखिएको एउटा शानदार दृष्य थियो।

 

प्रकाशित मिति: March 2, 2024

कमेन्ट गर्नुहोस्

advertisment