प्रिन्सलाई लगातार चौथो पटक उपाधी

प्रिन्सलाई लगातार चौथो पटक उपाधी
0Shares

काठमाडौं, फागुन १९ गते
सशस्त्र प्रहरीको एपिएफ क्लबका प्रिन्स दाहालले चौथो पटक पनि पुष्पलाल स्मृती राष्ट्रिय याङ्किङ्ग ब्याडमिन्टनको उपाधी उचालेका छन् ।
१३ औं पुष्पलाल स्मृती राष्ट्रिय याङ्किङ्ग ब्याडमिन्टन २०८० को शनिबार भएको फाइनलमा शीर्ष ८ तर्फको पुरुष एकलमा ललितपुरका प्रफुल महर्जन माथि २१–१८, २२–२० को सँघर्षपूर्ण जित निकाल्दै प्रिन्सले चौथो पटक उपाधी उचालेका हुन्। यस विधाको तेश्रो स्थानमा एपिएफका देवराज राना र नेपाल पुलिसका सुनिल जोशी रहे।
नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ, नेपालको आयोजनामा भएको प्रतियोगिताको शीर्ष ८ को महिला एकलतर्फ ललितपुरकी रसिला महर्जनले जित हात पारिन् । रशिलाले भोजपुरकी नङ्शल तामाङ्गलाई १७–२१, २१–१५, २२–२० को सघर्षपूर्ण खेलमा पराजित गरेकी हुन्। तेश्रो स्थानमा आर्मीकी अनुमाया राई र नेपाल पुलिसकी निता लम्साल रहे।
बिजेताले नगद ५० हजार, उपबिजेताले नगद ३० हजार र तृतीय स्थान प्राप्त गर्नेले नगद १२ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

महिला तर्फकी विजेता रसिला महर्जन

पुरुष शीर्ष ८ बाहेकको उपाधी भने एपिएफका क्षितिज खनालले हात पारे । खनालले फाईनलमा नखिपोटका बिवेक चौधरीलाई २१–१६, १७–२१, २१–१५ ले पराजित गर्दै उपाधी उचालेका हुन् । तेश्रो स्थानमा आर्मीका पविन लिङ्गथेप र एपिएफका रोशन साउद रहे ।
यस्तै यसै विधाका महिला तर्फको खेलमा कास्कीकी दिलाशा रानाले जित हात पारिन् । उनले बेलटार ब्याडमिन्टन एकेडेमीकी रोजी राईलाई २१–१४, २१–१३ ले पराजित गरेकी हुन् । तेश्रो स्थानमा नेपाल पुलिसकी सुष्मा श्रेष्ठ र पोखरा स्पोर्टस् ब्याडमिन्टन सेन्टरकी आयुष्मा नेपाल रहे।
बिजयी खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथी चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरी, उपप्रमुख बशन्ती श्रेष्ठ, नेकपा एमोलकी केन्द्रिय सदस्य सर्मिला कार्की, नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष लव भक्त श्रेष्ठ, पुष्पधन शाक्य, महासचिव बिरेन्द्र श्रेष्ठ, उपमहासचिव नविन बिक्रम शाह लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रिन्सलाई सम्मान
राष्ट्रिय ब्याडमिन्टन सघ, नेपालले बिश्व जुनियर नम्बर एक रहिसकेका नेपालका नम्बर एक खेलाडी प्रिन्स दाहाललाई रोयल ईनफिल्ड हन्टर ३५० ले सम्मान गरको छ ।
संघको पूर्व घोषित कार्यक्रम अनुरुप प्रिन्सलाई उक्त बाईकले सम्मान गरको हो । संघले पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग प्रतियोगिताको लगातार तीन संस्करणमा बिजय हासिल गर्ने खेलाडीलाई मोटरसाईकल प्रदान गर्ने घोषणा गरेको थियो ।
यस सम्मानबाट हाल सम्म रत्नजित तामाङ्ग र नङ्गशल तामाङ्ग सम्मानित भईसकेका छन् ।

प्रकाशित मिति: March 2, 2024

कमेन्ट गर्नुहोस्

advertisment