नेपालले गुमायो घरमा खेल्ने अवसर

नेपालले गुमायो घरमा खेल्ने अवसर
0Shares

काठमाडौं, फागुन १८ गते

अखिल नेपाल फुटबल संघ (एन्फा) आयोजनाको अधिकार पाएको फिफा विश्वकप २०२६ छनोट तथा एसियन कप छनोट खेल नेपालमा नहुने पक्का भएको छ।

नेपाल र वहराइन विच हुने तय भएको खेल दशरथ रंगशालामा आगामी चैत्र ८ गते हुने एएफसीको क्यालेन्डरमा थियो।

तर एएफसी प्रतिनिधिहरुले दशरथ रंगशालाको अवस्था ठिक नभएको भनेपछि खेल नेपालमा नहुने पक्का भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का अधिकारीले बताएका छन्।

खेल अब तटस्थ मैदानमा हुनेछ।

दशरथ रंगशालाको दुबोको अवस्था ठिक नभएको भन्दै बहराइनले एसियाली फुटबल महासंघ (एएफसी) लाई उजुरी गरेको थियो।

बहराइनको उजुरीपछि एएफसीको म्याच कमिस्नरको भूमिकामा नेपाल आएका मिन्दु दोर्जेले मैदानको निरिक्षण गरे र उनले पनि मैदान ठिक नभएको रिपोर्ट दिएपछि खेल नेपालको हातबाट चिप्लेको हो।

समूह ‘एच’ मा रहेको नेपालले यस अघिका दुवै खेल हारिसकेको छ ।

यसअघि सन् २०१९ नेपाल र कुवेतबीचको छनोट खेल पनि दशरथ रंगशाला तयार नहुँदा न्युट्रल भेन्युको रुपमा भुटान पुगेको थियो ।

 

प्रकाशित मिति: March 1, 2024

कमेन्ट गर्नुहोस्

advertisment