महिला फुटबल टोली फेरी फाइनलमै अल्झियो

महिला फुटबल टोली फेरी फाइनलमै अल्झियो
0Shares

काठमाडौं, फागुन १८ गते

नेपाल र जोर्डन विचको फाइनल खेलमा त्यो सबै खाले रोमाञ्च भरिएको थियो, जुन एउटा प्रतिस्पर्धात्मक फुटबलमा हुने गर्छ।

बस् एउटै कुरा, नतिजा भने नेपालको पक्षमा हुन सकेन।

खेलमा अग्रता, त्यसपछि विपक्षीको बराबरी र पुनरागमन, पेनाल्टी, खेलाडी विच झन्डै हात हालको अवस्था, टाइब्रेकर र निर्णय। साउदी अरेवियाको जेद्दा स्थित प्रिन्स अब्दुल्ला अल-फैसल स्पोर्टस् सिटी स्टेडियममा विहिवार राती यी सबै घटना भएको थियो।

र अन्तत: निर्धारित समय २ -२ को बराबरीपछि भएको टाइब्रेकरमा नेपाललाई (५-३ गोल) पराजित गर्दै जोर्डनले पश्चिम एसियाली ओमेन्स वाफ च्याम्पियनसिपको उपाधी जित्यो।

यो जोर्डनको छैटौं वाफ च्याम्पियनसिप उपाधि हो। नेपाल भने फेरी एकपटक फाइनलमा निराश हुनुपर्यो।

प्रतियोगिता जितेको भए यो नेपाली महिला फुटबलको पहिलो अन्तर्राष्ट्रिय उपाधि हुने थियो भने वाफ च्याम्पियनसिको इतिहासमा पहिलो पटक पश्चिम एसिया बाहिरको राष्ट्रले उपाधि लैजाने  थियो।

हिजोको खेल नेपाली टोलीको लागि साहस र संघर्षको नमुना भन्दा पनि फरक पर्दैन।

फाइनल खेल्नु अगाडि नै टोलीले मुख्य स्ट्राइकर सावित्रा भण्डारी गुमाइसकेको थियो। खेलको दोस्रो हाफमा टिमका प्ले मेकर प्रिति राई पनि घाइते भएर मैदान छोड्नु पर्यो।

यद्यपी पहिलो हाफमा डिफेन्डिङ च्याम्पियनलाई आच्छु आच्छु पार्यो र २९ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता पनि लियो।

सावित्राको अभावमा पहिलो रोजाईकी स्ट्राइकर बनेकी सविता रानामगरले विपक्षी रक्षकले गरेको गल्तीको फाइदा उठाँउदै खुल्ला रुपमा पाएको बललाई गोलमा परिणत गरिदिएकी थिइन्।

तर जोर्डनले दोस्रो हाफमा खेलमा फर्किँदै बराबरी मात्र गरेन,  दुई गोल ठोकेर नेपाल विरुद्ध अग्रता नै लियो।

नेपाल च्याम्पियन बन्ने दिशातिर अगाडि वढिरहेको अवस्थामा एकाएक पराजय तिर मोडिएको थियो।

जोर्डनले ७४ औ मिनेटमा बराबरी गोल फर्काएको थियो भने खेल सकिनु एक मिनेट अगाडि दोस्रो गोल गर्दै उपाधि नजिक उभिन पुगेको थियो

तर नेपाल हार मान्ने वाल्ला थिएन। खेल सकिनु अगाडिको इन्ज्युरी समयमा जोर्डनका खेलाडीले पेनाल्टी एरिया भित्र हातले बल छोएपछि नेपालले पेनाल्टी प्राप्त गर्यो। जसमा गीता रानाले गोलगर्दै खेल बराबरीमा ल्याएको हो।

त्यसपछि खेलको निर्णय सिधै पेनाल्टी शुटआउटबाट गरिएको थियो।

पेनाल्टीमा जोर्डनका खेलाडीहरुले गरेको पाँचवटै प्रहार गोलमा परिणत भयो।

नेपालको तर्फबाट गिता राना, दीपा शाही, हिरा भुजेल गरी तीन खेलाडीले लगातार गोल गरे। तर चौथो पेनाल्टी प्रहार गर्न आएका अमृता जैसीको प्रहार विपक्षी गोलकिपरले हान्दार ढंगले बचाइन्।

र पहिलो पदक जित्ने नेपाल महिला टोलीको सम्भावना पुन: रोकिन पुग्यो।

पराजय भोगेपनि नेपालको प्रदर्शनको भने निकै प्रशंसा भएको छ। सामाजिक सञ्जालहरुमा फुटबल प्रेमीहरुले खेलाडीहरुले ७४ ओं स्थानको टोलीसंग १०५ रन बनाएको टोलीले बराबरी प्रदर्शन गर्नु भने सुखद रहेको बताइरहेका छन्।

 

प्रकाशित मिति: March 1, 2024

कमेन्ट गर्नुहोस्

advertisment