विपी स्मृति उसु बैशाखमा

विपी स्मृति उसु बैशाखमा
0Shares

काठमाडौं, फागुन १७ गते
ललितपुर जिल्ला खेलकुद विकास समिति र ललितपुर जिल्ला उसु संघको संयुक्त आयोजनामा प्रथम विपी स्मृति राष्ट्रिय उसु प्रतियोगिता बैशाख १३ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा सान्डा (फाइट) तर्फ मात्र प्रतिस्पर्धा हुने ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पुरुषमा ६ र महिलामा ४ गरी १० तौलसमूहमा खेल हुने ललितपुर जिल्ला उसु संघका अध्यक्ष पञ्चराम महर्जन जानकारी दिए ।
प्रतियोगितामा सात प्रदेश, नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ गरी १० टिमको सहभागिता रहने छ । प्रत्येक टिमबाट एक तौलसमूहमा १ खेलाडीले सहभागिता जनाउन पाउने छन् । हरेक तौलसमूहमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, ५ हजार र २.५÷२.५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही १० हजार नगद पुरस्कार प्रदान गरिने छ । पहिलो हुने टिमलाई ५० हजार, दोश्रोलाई २५ हजार र तेश्रोलाई १५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३१ लाख १२ हजार ५ सय रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । तीनदिने प्रतियोगिताका खेलहरु ललितपुरको मंगलबजारमा हुनेछ । आयोजकका अनुसार प्रतियोगिताको परिकल्पनाकार बागमती प्रदेशका सांसद् एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जन हुन् ।

प्रकाशित मिति: February 29, 2024

कमेन्ट गर्नुहोस्

advertisment