नेदरल्यान्ड्सको प्रभाव जारी

नेदरल्यान्ड्सको प्रभाव जारी
0Shares

काठमाडौं, फागुन १७ गते

नेदरल्यान्ड्सले ब्याटिङ आक्रमणलाई जारी राख्दै त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा नामिबियालाई ५९ रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार नेदरल्यान्ड्सले पहिलो ब्याटिङ गर्दै २४७ रनको विशाल स्कोर बनायो।

नेदरल्यान्ड्सका लागि माइकल लेभिटले १३५ रनको शानदार शतकिय पारी खेले। उनले ६२ बलमा ११ चौका र १० छक्का प्रहार गरेका थिए। यस्तै साइब्रान्ड एङ्गेलब्रेख्तले ४० बलमा सात चौका र पाँच छक्काको मद्दतले ७५ र तेजा निदामनुरुले १८ रन बनाए ।

दोस्रो विकेटका लागि लेभिट र एङ्गेलब्रेख्तले १९३ रनको साझेदारी गरेका थिए।

जवाफमा आएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन मात्र बनाउन सक्यो।

नामिबियाका लागि जेन ग्रिनले अविजित ४२, जान फ्रेइलिंकले ४२, जिन पियरे कोट्जी २६, रुबेन ट्रम्पलम्यान र कप्तान जेजे स्मिथले समान १९ तथा जान निकोल लोफ्टी इएटनले ११ रन बनाए ।

नेदरल्यान्ड्सका लागि टिम भार डेर गुग्टनले दुई तथा भिभियन किंगमा, फ्रेड क्लासेन, साइब्रान्ड एङ्गेलब्रेख्त र रालोफ भान डेर मार्वेले समान एक विकेट लिए ।

नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले दुई तथा जान फ्रेइलिंकले र बेन सिकोन्गोले समान एक विकेट लिए ।

जितसँगै नेदरल्यान्ड्सले दुई खेलमा चार अंक जोडेको छ । पहिलो पराजय ब्यहोरेको नामिबियाको समान खेलबाट दुई अंक छ ।

 

प्रकाशित मिति: February 29, 2024

कमेन्ट गर्नुहोस्

advertisment