शीर्ष ८ को सेमिफाइनल समिकरण पुरा

१३ औं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन

शीर्ष ८ को सेमिफाइनल समिकरण पुरा
0Shares

काठमाडौं, फागुन १६ गते
राजधानीमा जारी लि–निङ्ग १३ औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङकिङ ब्याडमिन्टन प्रतियोगिताको शिर्ष ८ बरियताविचको सेमिफाईनल समिकरण पुरा भएको छ ।

पुरुष एकल तर्फ समूह ए बाट बिजेताको रुपमा एपिएफका प्रिन्स दाहाल र उपबिजेताको रुपमा नेपाल पुलिसका सुनिल जोशी तथा समूह बी बाट बिजेताको रुपमा ललितपुरका प्रफुल महर्जन र उपबिजेताको रुपमा एपिएफका देवराज रानाले सेमिफाईलनमा स्थान बनाए ।

महिला तर्फ समूह ए बाट ललितपुरकी रशिला महर्जन समूह बिजेता र आर्मीकी अनुमाया राई उपबिजेता तथा समूह बी बाट भोजपुरकी नङ्गशल तामाङ्ग समूह बिजेता र नेपाल पुलिसकी निता लम्साल समूह उपबिजेताको रुपमा सेमिफाईनल प्रवेश गरेका छन् ।

नेकपा एमालेको भातृ संस्था नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा भएको प्रतियोगिताको शिर्ष ८ को पुरुष एकल तर्फको अन्तिम खेलमा प्रिन्सले पुलिसका जीवन आचार्यलाई २१–१८, २१–१३ ले पराजित गर्दै सेमिमा समूह बिजेता बनेका हुन् । प्रिन्सले लिगका तीनै खेलमा जित हात पारे ।यस्तै अर्को खेलमा नेपाल पुलिसका सुनिल जोशीले एपिएफका बिजित थापा मगरलाई २१–१०, १७–२१, २१–१८ ले पराजित गर्दै लिगमा दुइ जितका साथ समूह उपबिजेता बने ।

यस्तै पुरुष तर्फको समूह बी बाट ललितपुरका प्रफुल महर्जनले आजको खेलमा नेपाल पुलिसका बिष्णु कटुवाललाई २१–१५, २१–१७ ले पराजित गरे । उनले लिगमा आफ्ना तीनै खेलमा बिजय हात पार्दै समूह बिजेता बनेका हुन् । समूह उपबिजेता देवराज रानाले आजको खेलमा नेपाल पुलिसका दीपक बोहरालाई २१–१२, २१–१५ ले पराजित गरे । रानाले लिगका दुई खेलमा जित हात पारे ।

चन्द्रागिरीस्थित महांकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा भएको प्रतियोगिताको महिला एकल तर्फ समूह ए को अन्तिम लिग खेलमा ललितपुरकी रसिलाले आर्मीकी अनुमाया राईलाई १७–२१, २१–१६, २१–१२ ले पराजित गर्दै समूह बिजेताको रुपमा सेमिफाईनमा स्थान बनाएकी हुन् ।

 

प्रकाशित मिति: February 28, 2024

कमेन्ट गर्नुहोस्

advertisment