जित्दा जित्दै हार्यो नेपाल

त्रिकोणात्मक टी २० श्रृंखला

जित्दा जित्दै हार्यो नेपाल
0Shares

काठमाडौं, फागुन १६ गते

नेपाललाई जितको लागि अन्तिम ६ बलमा १५ रनको आवश्यकता थियो। यस्तो दवावपूर्ण स्थितिमा दीपेन्द्र सिंह ऐरीले पहिलो दुई बलमा चौका र छक्का प्रहार गरेपछि खेल रोमाञ्चको उत्कर्षमा पुग्यो।

तर तेस्रो बलमा करण केसी रन आउट हुन पुगे भने अर्को बलमा दीपेन्द्र पनि आउट हुन पुगे।

एक समय सहजै पराजित हुने स्थितिमा रहेको नेपाललाई दीपेन्द्रले शानदार ब्याटिङ गर्दै जित तिर दोहोर्याएका थिए।

तेस्रो बलमा दुई रन बनाउने धुनमा करण रन आउट हुनु पहिलो दुर्भाग्य थियो। त्यसपछि निर्णायक बेला दीपेन्द्र आउट भएपछि नेपाल समस्यामा पर्यो।

तनावमा यो क्षणमा नेपाल फेरी अचानक दवावमा आयो। क्रिजमा गुलशन झा र प्रतिश जिसी थिए। अब नेपाललाई जितका लागि २ बलमा ४ रनको आवश्यकता थियो।

क्रिजमा रहेका प्रतिशले पहिलो बल डट खाए। अब अन्तिम बलमा नेपाललाई जितको लागि प्रतिशले चौका हान्नै पर्थ्यो।

तर उनले १ रन मात्र जोड्न सक्यो र नेपाल २ रनले पराजित भयो। जित्दा जित्दैको खेल नेपालको हातबाट गुम्यो।

दीपेन्द्रले ३४ बलमा ६३ रन जोडे तर नेपाललाई जिताउन सकेन। कप्तान रोहित पौडेलले ५० रन बनाए। कीर्तिपुर मैदानमा उपस्थित दर्शकहरु निराश भए।

नेपालको अघिल्लो दिनको दृष्य पनि उस्तै थियो। नामिविया संग पनि जितको नजिक पुगेर नेपाल २० रनले पराजित भएको थियो।

त्रिकोणात्मक टि-२० आई श्रृंखला दोस्रो खेलमा नेदरल्यान्ड्सले पहिलो ब्याटिङ गर्दै नेपाललाई १८५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो।जसलाई अन्तिम समयसम्म पछ्याएको नेपालले १८२ रन बनाएको हो।

यसअघि नेपालले टस जित्दै पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनायो।

नेदरल्यान्ड्सका प्रारम्भिक ब्याटर माइकल लेभिटले राम्रो शुरुआत गर्दै अर्धशतक प्रहार गरे । आक्रामक ब्याटिङ गरेका उनले ३६ बलमा ५ चौका र ३ छक्कासहित ५४ रन जोडेपछि अरु साथीहरुले खेल वढाएका थिए।

साइब्रान्ड एंगलब्रेक्टले ३८ बलमा अविजित ४९ रन जोडे। त्यस्तै तेजा निदमनुरुले ३१ रन बनाए।

कीर्तिपुर मैदानमा नेपाली बलरहरु माथी हावी हुने क्रममा यी खेलाडिहरुले एकपछि अर्को बाउन्ड्री प्रहार गरेका थिए।

नेपाली कप्तान रोहित पौडेलले ७ बलरहरु नेदरल्यान्ड्स विरुद्ध प्रयोग गरेका थिए। जसमा कुशल मल्ल र करण केसीले १/१ विकेट लिनु बाहेक अन्यले विकेट लिन सकेनन्।

अघिल्लो दिन खेलेका विवेक यादव र अभिनाश बोहोरालाई वेञ्चमा राखेर प्रशिक्षक मोन्टी देशाईले ललित नारायण राजवंशी र प्रतिश जिसी टोलीमा राखेका थिए।

 

प्रकाशित मिति: February 28, 2024

कमेन्ट गर्नुहोस्

advertisment